सन्धिखर्क ३१ बैशाख । अर्घाखाँचीका टोपबहादुर रायमाझीले साँढे ४ महिनाको अन्तरालमा तेस्रो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्।अनौठो संयोग नै मान्नु पपर्ला अर्घाखाँचीका जनताले प्रतिनिधी सभा सदस्यमा जिताएका टोप वहाादुर रायमाझी साढे ४ महिनामा उही मन्त्रीको ३ पटक सपर्थ लिने मन्त्रीका रुपमा दर्ज भएका छन् । रायमाझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितलनिवासमा पहिले कै दर्जा वमोजिम मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पद तथा गोपनीयताको पुनः सपथ लिएका हुन् ।
यस अघि २०७७ पौष १० गते शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका रायमाझी सांसदबाट पदमुक्त भएपछि गत २०७७ चैत्र २७, शुक्रवार पुन मन्त्री भएका थिए । संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँची जिल्लाबाट सांसद बनेका उर्जामन्त्री टोपबहादुर रायमाझी औपचारिक रुपमा चैत्र २६ गते विहीवार पदमुक्त भएका थिए । योसँगै अर्घाखाँचीमा सांसद पद रिक्त भएको छ । प्रतिनिधि सभा सदस्यमा २०७४ मसिर २५ गते सोमवार विजयी भएका रायमाझीको सांसद पद ३ वर्ष ३ महिना २८ दिनपछि गुमेको छ ।
नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि नेकपा एमाले प्रवेश गरेका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरुलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रासद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएपछि सांसद पदबाट मुक्त भएका थिए ।
प्रतिक्रिया