अर्थ-वाणिज्य

महतोको नेतृत्वमा जसपा सरकारमा जाने



काठमाडौं 1 जेठ। जनता समाजवादी पार्टी (जसपा)को एक खेमाले उपेन्द्र यादव पक्षलाई नबोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ । अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबारै भक्तपुरस्थित एक होटलमा महतोलाई दलका नेता छानेको एक नेताले बताए । ती नेताले होटलको उक्त भेलामा १८ सांसद सहभागी भएको जानकारी दिए ।यो घटनाले महतोको नेतृत्वमा जसपा सरकारमा जाने निश्चित भयको छ। 

यादव पक्षले भने महतोलाई नेता चयन गरेको बारेमा अनभिज्ञता जनाएको छ । संसदीय दलको विधान हुने र त्यो विधान केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको यादव पक्षको भनाइ छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने पक्षमा थिए । ठाकुर र महतो भने प्रधानमन्त्री ओलीका पक्षमा उभिएका हुन्।उनीहरूकै सहयोगका कारण ओली पुनः प्रधानमन्त्री नियुक्त भएकाछन् । एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको ठाकुर र महतो पक्षले साथ नदिएपछि बिहीबार कांग्रेस र माओवादी केन्द्र संयुक्त सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका थिए । त्यसपछि सबैभन्दा ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आह्वान गरेका थिए । 

डा. भट्टराई र यादव पक्षका सांसदले हालै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा विपक्षमा मत दिएका थिए । ठाकुर र महतो पक्षका सांसद भने तटस्थ बसेका थिए। 

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६