अर्थ-वाणिज्य

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने नगरको निर्णय,जनताको जीवनरक्षा पहिलो प्राथमिकता : मेयर सिंह



कपिलवस्तु २ जेठ । कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेकोछ ।  लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अक्सिजन प्लान्ट चाडोभन्दा चाडो निर्माण गरिने नगर कार्य पालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले  प्रेसपाटीलाई जानकारी दिनु भयो ।

प्रदेश सरकारले सहयोग  नगरे आफनै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने उहाले बताउनुभयो । सरकारले वजेट दिएन भने नगरका काम हुन नसकेका सबै वजेट त्यसमै लगाएर भएपनि प्लान्ट वनाउने निनिर्णय गरेका छौ मेयर सिंहले भन्नु भयो । सके सम्म प्रदेश सरकारसंग साझेदारीको पहल भई रहेकोछ । अस्थायी कोरोना अस्पताल निर्माणकालगि कपिलवस्तु अस्पताललाई आवश्यक सहयोग नगरले यस अघिवाटै गर्दै आएको छ ।

मृत्यु भएका कोरोना संक्रमितको शव ब्यवस्थापन र दाहसंस्कारको उचित ब्यवस्था नगरपालिकाले गरेको छ । नगरबासीको माग अनुसार प्लान्ट निर्माण गर्ने निर्णय गरेकोमा मेयर सिंहले वताउनु भयो । यसपाली जनताको जीवन रक्षा गर्ने अर्काे वर्ष विकासका काम गर्ने सोच वनाएको उहाले बताउनु भयो । 

प्रकाशित : २ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६