कपिलवस्तु 4 जेठ। कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड पचास लाखरुपैयाँ दिएको छ ।राष्ट्रिय सभा सदस्य एवम एमालेका केन्द्रीय सदस्य बिमला घिमिरे र सांसद बिरजेश कुमार गुप्ताको पहलमा उक्त बजेट विनियोजन भएको हो। अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ दिएकोले अव आर्थिक समस्या नहुने भयको हो। सांसद घिमिरेले कपिलवस्तुवासीको जीवन रक्षाका लागि अर्थ मन्त्री बिस्नु पौडेलले विशेष ध्यान दिएकोमा थन्यवाद दिनु भयो।
४ जेष्ठ २०७८, मंगलबार








प्रतिक्रिया