अर्थ-वाणिज्य

राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रधानमन्त्री



काठमाडौं ७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् ।एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं ।

कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’उनले शुक्रबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६