काठमाडौं 8 जेठ। जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका हुन्। एकजना कार्यकारिणी सदस्यका अनुसार पार्टी सरकारमा जाने लगभग निश्चित भइसकेको र अहिले कतिवटा मन्त्रालय लिने, क–कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको छ । जसपा नेपाल (महन्थ ठाकुर पक्ष) संसदीय दलका नेता समेत रहेका राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने कुरा तय भइसकेको उनको दाबी छ । अध्यक्ष ठाकुर र नेता महतोले आजै प्रधानमन्त्री ओलीसँग यस विषयमा छलफल गर्ने बताइएको छ ।
संसद विघटन नहोस् भनेर आफूहरुले बहुमतको सरकार बनाउन प्रधानमन्त्री ओलीलाई साथ दिएको तर संसद नै विघटन भएको भन्दै उनले यो अवस्थालाई अलिकति अध्ययन गरेर मात्र कुनै कदम उठाउँदा उपयुक्त हुने बताए ।
‘सत्ताको खेलमा जेजस्तो घटना पार्टीभित्र भएपनि यो अवस्थामा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउँदै नेता भण्डारीले पार्टीभित्र देखिएको विवादलाई मिलाएर एकढिक्का भएर अगाडी बढ्नुको विकल्प छैन,’ उनले भने, ‘नत्र मधेशमा पार्टीमाथि यसको नराम्रो प्रभाव पर्ने निश्चित छ








प्रतिक्रिया