रुपन्देही ८ जेठ ।रुपन्देहीमा कोरोना संक्रमणमा पहिलो ब्रेक एक महिनापछि लागेको छ । जस अनुसार संक्रमणदर दैनिक १ हजारवाट घटेर २ सय भन्दा न्यून संख्यामा पुगेको छ । रुपन्देहीमा झण्डै एक महिना पछि दैनिक संक्रमणदर २ सय भन्दा कममा झरेको छ । शनिवार रुपन्देहीमा १ सय ६७ जना संक्रमित थपिएका छन् । यस अघि बैशाख ९ गते ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। त्यसको भोलीपल्ट २ सय २७ संक्रमित थपिएका थिए । त्यस यता लगातार जसो संक्रमित थपिने क्रम बढेको थियो ।
बैशाख २९ गते उच्च विन्दुमा पुगी ९ सय ७ संक्रमित थपिएका थिए । केही दिन यता भने संक्रमित थपिने दरमा कमीआइ आज २ सय भन्दा कममा झरेको हो । यता संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या पनि जेठ महिनाको सुरुवातदेखि बढ्दै गएकोले सक्रिय संक्रमितको संख्या पनि घटदै गएको छ ।एक साता अघि ७ हजार एक सय सक्रिय संक्रमित रहेको रुपन्देहीमा आज घटेर ५ हजार १ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पताल र होम आइशोलशेनबाट ५३१ जनाले कोरोना जितेका छन ।
पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । कार्यालयका कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार ६ सय ४० जनाको विभिन्न ल्याबबाट पिसिआर परिक्षण गर्दा ७६ जना महिला र ९१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
संक्रमणमा कमि आएकोले परिक्षण गराउनेको संख्यामा पनि कमि आएको छ । पिसिआर परिक्षण गरेको मध्ये २६ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा ४९ जनामा संक्रमण देखिएको छ, त्यस्तै तिलोत्तमामा २९ जना, सिद्धार्थनगरमा २४ जना, सैनामैनामा ३१ जना, देवदहमा १० जना नयाँ संक्रमित थपिएका छन् ।
ओमसतियामा ६, रोहिणीमा ४ जना, सियारी र गैडहवा गाँउपालिकामा ३–३ जना, , सुद्धोधनमा र मायादेवीमा २९२ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, कंचन, मर्चवारीमा र गैडहवा गाँउपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको सम्मरीमाईमा भने आज संक्रमित थपिएका छैनन ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुने संक्रमितको संख्या ३८८ पुगेको छ ।
कार्यालयका अनुसार हालसम्म २४ हजार ८ सय ४८ जना संक्रमित देखिएकोमा १९ हजार २ सय ६६ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ हजार १ सय ९४ जना मध्ये ३३६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ४ हजार ८ सय ५८ जना होम आइशोलशनमा रहेका छन ।
प्रतिक्रिया