रुपन्देही ९ जेठ । अर्थमन्त्री विणु पौडेलले सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको (सिद्धबाबा)मा सुरुङ मार्ग निर्माण गर्ने उद्घोष गरेको एक वर्ष भित्रमै निर्माणकालागि टेन्डर आह्वान भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सुरुङ मार्ग निर्माणका लागि जुलाई सात सम्मको समय सिमा राखेर अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर गरेको हो।
सुरुङ मार्ग ईपीसी मोडलमा निर्माण हुनेछ। उक्त सडक खण्डमा बारम्बार पहिरो जाँदा सडम आगमन नै अवरोध हुने गरेका छ। सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएको वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।टेण्टर आवहानको टेण्डर खुलेको सूचना अर्थमन्त्री विष्णु पौडेलको फेसबुक वालमा राखिएको छ ।
प्रतिक्रिया