रोल्पा ९ जेठ । नेपाल प्रहरीले रोल्पाको जंगलमा ठुलो परिमाणमा गोली फेला पारेको छ ।जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको नौ सय ७० राउन्ड गोली फेला परेका हुन् ।स्थानीयको सुचनाका आधारमा त्रिवेणी पुगेको प्रहरी टोलिले बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ति गोलिहरु बरामद गरेको हो ।
एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।त्यसैगरी एके ४७ मा प्रयोग हुने गोली ७ सय ५२ थान, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँसको पातले छोपेर लुकाएर राखेको अवस्थामा शनिबार बेलुका भेटीएका ती गोली केही समय पहिला मात्रै राखेको हुनसक्ने जिल्ला प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले बताए । सुवेदीका अनुसार सबै गोली र म्याग्जिन प्रयोग गर्न योग्य छन्गत वर्षमात्रै त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुँदा बाख्रा गोठाला गएका ४ बालकको मृत्यु भएको थियो । भने गएको असोजमा नेपाली सेनाले जंगलमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा हात हतियार फेला पारेको थियो। यो घटनालाई विप्लव समुह शान्ति प्रकृयामा आउदाको नतिजा हो भन्न थालिएको छ ।








प्रतिक्रिया