अर्थ-वाणिज्य

लुम्विनीमा कुल बजेटको २५ प्रतिशत स्वास्थ्यमा : मन्त्री श्रेष्ठ, आइसियू नचलाई राखेकोमा आश्चर्य प्रकट



दाङ १० जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले यसपाली कुल बजेटको २५ प्रतिशत बजेट स्वास्थ्यमा बिनियोजन गर्न लागेको जानकारी दिनुभएकोछ । उहाले कुल बजेटको २५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउने  प्रविद्धता जनाउदै ‘स्थानीय सरकारलाई पनि आफ्नो बजेटको २५ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन निर्देशन दिने तयारीमा रहेको प्रष्टाउनु भयो  ।

’दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै यस्तो वताउनु भएको हो । उहाले त्यहा तत्काल आइसियू सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । आज प्रतिष्ठानको अवलोकन गर्दै उहाँले आइसियू हुँदाहुँदै पनि सञ्चालन नभएको प्रति चासो राख्दै तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रतिष्ठान जस्तो स्वास्थ्य संस्थामा आइसियू सञ्चालन हुन नसक्नुले जनताले कोरोना महामारीको समयमा थप सास्ति भोग्नु परेको बताउनुभयो । यता  प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले प्राविधिक कारणले आइसियू सञ्चालन गर्न नसकेको भन्दै एक हप्ताभित्र आइसियू सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै मन्त्री श्रेष्ठले आवधिक योजना अनुसार प्रदेश सरकारले तीन महिनाको कार्ययोजना बनाएर कोभिड नियन्त्रणमा लागिपरेको बताउनुभयो । उहाँले प्रदेशका अस्पतालहरुलाई व्यवस्थित गर्ने, स्थानीय तहलाई कोभिड नियन्त्रणमा आत्मनिर्भर बनाउने कार्य भइरहेको जानकारी दिनुभयो । ‘आवधिक योजना अनुसार तीन महिनाको कार्ययोजना बनाएर प्रदेश सरकार अगाडि बढेको छ । जसका लागि संघीय सरकारले ५७ करोड बजेट उपलब्ध गराएको छ । यही बजेटबाट कोभिड बिरुद्धको लडाई लडिरहेका छौं’, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हरेक स्थानीय तहलाई अक्सिजन प्लान्ट स्थापनाका लागि तयारी थाल्न निर्देशन दिएका छौं ।’

साथै मन्त्री श्रेष्ठले प्रदेश सरकारले यस पटक स्वास्थ्यकेन्द्रीत बजे ल्याउन लागेको बताउनुभएको छ । कोभिड न्यूनीकरणका लागि प्रदेश सरकारले तात्कालित, मध्यकालिन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेको  वताउनु भयो ।यता लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठले भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत रहेको तुलसीपुर मेट्रो अस्पतालको अनुगमण गर्नुभएको छ ।आइतबार तुलसीपुर उपमहागनरपालिका–८ अस्वारामा रहेको अस्पतालमा पुगेर मन्त्री श्रेष्ठले भौतिक अवस्था, स्वास्थ्य उपकरण र उपचारत कोरोना संक्रमित बिरामीको अवस्थाको विषयमा जानकारी लिनु भएको थियो ।

निर्माणाधिन अस्पताललाई द्रुत गतिमा व्यवस्थापन गरेर नागरिकको उपचारमा खट्नु प्रसंशनिय कार्य भएको भन्दै मन्त्री श्रेष्ठले अस्पतालको विकासमा सहयोग गर्ने बताउनुभयो ।सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले पिसिआर परीक्षण मेसिन, एक्सरे , भिडियो एक्सरे र अत्याधुनिक ल्यावको अभावमा सोचे अनुसार नागरिकलाई सेवा दिन नसकिएकाले यसको व्यवस्थापनका लागि मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । यसैगरी मन्त्री श्रेष्ठले प्रादेशिक अस्पताल तुलसीपुर, प्रादेशिक आयुर्वेद औषधालय विजौरी र कोरोना विशेष अस्पताल बेलझुण्डीको अनुगमण तथा निरीक्षण गर्नुभएको छ ।

प्रकाशित : १० जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६