कपिलवस्तु ११जेठ । विप्लव समुहको तत्कालिन रुपन्देही इन्चार्ज संगम पुनमाथि लगाइएका ३ वटा मुद्धा सरकारले फिर्ता नलिदा उनी एक वर्षदेखि थुनुवाका रुपमा कपिलवस्तु कारगारमा रहदै आएका छन् । लामो समय कपिलवस्तु इन्चार्ज रहेका पुन रुपन्देही इन्चार्ज भएर गएको केहि समयमा पक्राउ परेका थिए । गत वर्षको चैतमा रुपन्देहीमा पक्राउ परेका पुनलाई गत भदौदेखि कपिलवस्तु कारगार चलान गरेर थुनुवाको रुपमा राखिएकोछ।
उनी माथि ३ वटा मुद्धा लगाइएको छ । एउटा कर्तब्य ज्यान मुद्धा ,अर्काे अपराधिक गतिविधी गरेर शर्मा एण्ड शर्मा कम्पनीका एक्सावेटर सहितमा आगजनी गरेको मुद्धा र मायादेवि गाउपालिकाका अध्यक्ष बजरंगी कुर्मी चढ्ने गाडी जलाएको मुद्धा । वास्तवमा उनी यी घटना हुदा रुपन्देहीका इन्चार्ज थिए । यी घटना विप्लव समुहले घटाएको भए कपिलवस्तुका तत्कालिन इन्चार्ज माथि मुद्धा चल्नु पर्नेहो । तर घटनासंग असम्वद्ध नेता पुनलाई राज्यले यी ३ मुद्धा लगाएर थुनुवाको रुपमा एक वर्ष देखि कारगारमा राखेकोछ।
यसै बीच २० फागुन २०७७मा विप्लव समुह र सरकार बीच सहमति भएकोछ। सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको हो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।सरकारका तर्फवाट राम वहादुर थापा –वादल) र नेकपा विप्लव समुहका तर्फवाट प्रबक्ता एवम वार्ता टोली प्रमुख कमरेड प्रकाण्डले हस्ताक्षर गर्नु भएको छ।
सरकार र विप्लव समुह बीच सहमति भएको ३ महिना पुग्न लागेकोछ। यस बीचमा विभिन्न जिल्लावाट सो समुहका नेता कार्यकर्ता छुटेका छन् । तर कपिलवस्तु कारगारमा रहेका संगम पुन र जिल्ला नेता गणेश चौधरीको विषयमा सरकारले मुद्धा फिर्ता नलिदा छुट्न सकेका छैनन। यता कपिलवस्तुका पूर्व जिल्ला सेक्रेटरी भई सकेका गणेश थारु करिव ५ महिना पहिले शिवराजवाट पक्राउ परेका थिए । उनलाई जीतपुर ४ नम्वरका तत्कालिन कांग्रेस कार्यकर्ता राजेश शेन हत्याको अभियोग र राज्य विरुद्धको अभियोग गरी २ मुद्धा लगाइएकोछ। उनीपनि शुरुवाटै कपिलवस्तु कारागारमा थुनुवाको रुपमा संगमसंगै रहेका छन्।
उनीहरुको मुद्धा हेर्ने कानुन ब्यावसायी अधिबक्ता ओम प्रकाश अर्यालका अनुसार राज्यले उनीहरुको मुद्धा फिर्ता लिएको लिखित कागजात आएमा वा अदालती फैसलावाट छाड्ने आदेश प्राप्त भएमा मात्र छुट्न सक्ने वताउनु भयो। सरकार र विप्लव समुह बीच भएको सहमतिका आधारमा सरकारले मुद्धा फिर्ता नलिए सम्म अदालती प्रकृयावाट तत्काल छुट्ने संभावना आफूले नदेखेको उहाले वताउनु भयो ।
सरकारलाई ब्यापक दवाव दिएको विप्लवको भनाई :
नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव कपिलवस्तु कारागारमा रहेका आफ्ना नेता भेट्न केहि दिन अघि कारगारमा पुग्नु भएको छ। उहाले कारगारमा रहेका नेता संगम पुन र गणेश चौधरीको स्वास्थ्य अवस्था र वसाईको वारेमा चासो पूर्वक छलफल गर्नु भएको बताइएको छ। महासचिव विप्लव कारगारमा भेट्न पुगेका वखत नेता पुन र चौधरीले हामी अझै कतिदिन हो यसरी बस्ने ? भन्ने प्रश्न गर्नु भएको थियो ।नेता पुन १ वर्ष देखि र अर्का नेता चौधरी ५ महिना देखि कारगारमा हुनु हुन्छ ।
विप्लवले प्रधानमन्त्री केपि ओलीलाई आफूले छिटो काम भएन भनेर असन्तुष्ठी जनाएको वताउदै उहाले छिटै गर्छु म सिरियसली लिएको छु भन्ने जवाफ दिएको वताउनु भएको थियो । माओवादीका अर्का नेता किर्तीसंग तौलिहवा पुग्नु भएका विप्लवले अरु प्रशासनिक भेटघाट वा राजनैतिक भेटघाट गरे नगरेको खुलेको छैन ।








प्रतिक्रिया