अर्थ-वाणिज्य

बोधी सोसाइटीद्वारा कपिलवस्तु अस्पताललाई ११ अक्सिजन कन्सनट्रेटर प्रदान



कपिलवस्तु १३ जेठ ।कोरोना संक्रमित संख्या बढेसंगै अक्सिजनको अभाव भए पछि लुम्बिनी स्थित बोधी सोसाइटीद्वारा  कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कनसनट्रेटर मेशीन प्रदान गरेको छ । १० केजीका ४ र ५ केजीका ७ वटा कनसनट्रेटर दिइएको हो । एक साता अघि नै २ वटा दिइएकोमा बुधवार थप नौ वटा कनसनट्रेटर मेशीन प्रदान गरिएको हो ।

बोधी सोसाइटीले प्रमुख तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी सदस्य सचिव सानुराजा शाक्य लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय, अस्पतालक मेसु किशोर बन्जाडोलई सो मेशीन हस्तान्तरण गरेका थिए । सो संस्थाले यस अघि अक्सिजन ढुवानीकालागि ८६ हजार नगद, भेन्टीलेटर मास्क १०  सेट, पिपिई सेट सय वटा, भिटिएम किट सेनिटाईजर प्रदान गरी सकेको छ । 

यस्तै दुई साता अघि देखि अस्पतालमा रहेको स्वास्थ्यकर्मीलाई खाजाको प्रबन्ध समेत गदै आएको छ । नेपाल र सशस्त्र प्रहरीलाई मास्क र सेनीटाईजर समेत उपलब्ध गराएको छ । लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्राध्यापक गुनाखर गैरेको पहलमा सो सामागूी उपलबध गराइएको हो । अस्पतालमा अक्सिजनको अभाव भईरहेका बेला बोधी ईनस्टीच्युटले सो सामाग्री उपलबध गराएको बताउनुभएको छ । सो अवसरमा उपाध्यक्ष त्रिपाठीले यो मेशीन अस्पताललाई आवश्यक पर्दा सम्मकालागि दिइएको बताउनुभयो ।

अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भए पछि यो मेशीन कपिलवस्तमा रहेको अरु अस्पताललाई हस्तान्तरण गरिने बताउनुभयो । अस्पतालकै आफनो ८ वटा कनसनट्रेटर मेशीन र १३२ वटा अक्सिजन सिलिन्डर रहेका छन । 

प्रकाशित : १२ जेष्ठ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६