प्रदेश

पटनाले पायो संघियताको मिठो फल जहा विकट त्यहा उच्च बजेट



 कपिलवस्तु १४जेठ  ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगमी आर्थिक बर्ष २०७८/७९ को लागि बजेटको सिमा निर्धारण गरेको छ । बिहिबार नगरमा बसेको कार्यपालिका बैठकले बजेटको सिमा निर्धारण गरेको हो । जसमा वडाहरुले र बिषयगत शाखाहरुले बजटेको सिलिङ प्राप्त गरेका छन । भौगोलिक बिकटता ,वडाको क्षेत्रफल ,जनसङख्या र वडाले आन्तरिक राजश्वमा पु¥याएको योगदानका आधारमा बजेटको सिमा निर्धारण गरिएको नगरप्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ ।

यि ४ आधारमा ९६ लाख देखी १ करोड ३८ लाख सम्म वडाहरुले सिलिङ प्राप्त गरेका छन । सबैभन्दा धेरै बजेट प्राप्त गर्ने  वडामा वडा नं १० रहेको छ । जसले १ करोड ३८ लाख बजेट प्राप्त गरेको  छ ।कपिलवस्तु वाणगंगाको वडा नं १० पटनाले संघियताको मिठो फल चाख्न पाएको केहि वर्ष भएको छ । हरेक वर्ष वजेट विनियोजन हुदा सबै भन्दा विकट रहेकाले सबै भन्दा उच्च वजेट पदृै आएकोछ । सोही अुनसार विकासले फड्को मार्दै गएको उपमेयर चक्रपाणी अर्यालको  भनाइछ । 

यस्तै आर्थिक बर्ष २०७८/७९ को लागि बजेट तथा कार्यक्रम तयारीका लागि कार्यतालिका पारित गरेको  छ । जसअन्तर्गत जेठ २५ गतेभित्र वडाहरुले आफ्नो वडा भित्र रहेका योजनाहरु  प्रक्रिया पूरा गरि छनौट गरि नगरपालिका समक्ष पेश गर्नुपर्ने छ । यस्तै आर्थिक बर्ष २०७८/७९ को लागि बजेट तर्जुमा गर्नका लागि १३ बुद्धे मागदर्शन पनि पास भएको छ । सोही मागदर्शनका आधारमा वडाहरु र नगरपालिकाले आफनो योजना छनोट गर्ने छन ।

त्यसैगरि राजश्व परामर्श समितिले पेश गरेको प्रतिवेदनलाई स्विकृत गरेको छ । यसैगरि पिपरा अस्पतालको पूबार्धारका लागि नेपाल सरकार र प्रदेश सरकार संग सहयोग लागि अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको नगरपालिकाले जनाएको छ । यस्तै कपिलवस्तु अन्य पालिकाहरु पनि बजेट निर्माण र योजना छनौटमा जुटन थालेका छन ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६