प्रदेश

प्रधानमन्त्री केपी ओलीवाट राष्ट्रका नाममा सम्बोधन



https://youtu.be/eiyrSYX_RmMकाठमाडौं 14 जेठ।प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्। सँगै सरकारले शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्। 

सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन। प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो। 

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको छ। चुनाव घोषणा भइसकेको अवस्थामा अध्यादेशमार्फत् बजेट ल्याउनु असंवैधानिक भन्दै चौतर्फी आलोचना भइराखेको छ। बजेटमा सरकारले नयाँ कार्यक्रम ल्याउन नमिल्ने बताइएको छ। चुनावमा मतदातालाई प्रभाव पार्नेगरी सरकारले नयाँ नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नु नहुनेमा विज्ञले जोड दिएका छन्। https://youtu.be/eiyrSYX_RmM

भिडियो सौजन्य नेपाल टेलिभिजन

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६