जीवनशैली

नेपालगञ्जका मेयर राणाले भने मैले निर्वाचन बहिस्कार गरें



वाँके १७ जेठ । नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्। आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्।तर उनले आफ्नो प्राथमिकतामा अहिले निर्वाचन नभएको बताए।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।’

अहिलेसम्म १२२ जनाले लुम्बिनीमा मतदान गरिसकेका छन्। आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।नेकपा एमाले र नेपाली कांग्रेससहित गठबन्धनबाट यहाँ दुई जना उम्मेदवार छन्।राणा २०७४ सालमा भएको चुनावमा राप्रपाबाट उम्मेदवार भई मेयर जितेका थिए।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६