कपिलवस्तु २२ जेठ।कपिलवस्तुको तौलिहवा स्थित साथी संस्थाद्धारा संचालित आश्रय गुहलाई हात धुने टंकी हस्तान्तरण गरिएको छ । कोभिड दोश्रो लहर रोकथामकालागि ५ सय लिटर क्षमतको सो टंकी हस्तान्तरण गरिएको हो । भिएसओको सहयोगमा कोभिड १९ रेस्पोन्स प्रोग्राम अन्र्गत माहुरी होमको अगुवाईमा सो टंकी कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले साबुन पानीले हात धोएर उदघाटन गरेका थिए । सो अवसरमा मेयर सिंहले कोभिड नियन्त्रणकालागि माहुरी होमले सो टंकी उपलबध गराएकोमा धन्याबाद दिए ।
उनले सामाजिक दुरी कायम गर्ने मास्क अनिवार्य लगाउन र साबुनपानीले नियमित हात धोए कोभिडबाट धेरै हद सम्म बच्न सकिने बताए । यो बिषम पस्थिपतिमा हातेमालो. गरी माहामारीलाई नियन्त्रणमा लिनु पर्ने बताए । माहुरी होमले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु क्याम्पस लगायतका छिमेकी जिल्लामा गरी नौ वटा टंकी बितरण गर्ने योजना रहेको संसथका अध्यक्ष रबि ठाकुरले बताए । उनले लकडानउको पुर्र्ण पालन गरी मास्कको प्रयोग र साबुन पानीले हाध धुन आग्रह गरे ।








प्रतिक्रिया