अर्थ-वाणिज्य

निशेधाज्ञाका बीच विकासका काम धमाधम,लुम्बिनी युएईको दोस्रो महाँधिवेसन सम्पन्न



अर्घाखाँची २२ जेठ । अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहमा कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमणका कारण निषेधाज्ञाका समयमा पनि  विकास निमार्णका काम संचालन भईरहेका छन् । जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका,  पाणिनी गाउँपालिका  र छत्रदेव गाउँपालिकामा कोरोना भाइरस संक्रमणबारे उच्च सर्तकता अफ्नाउदैं बिकास निमार्णका काम चलिरहेको छ । विशेष गरि सडक स्त्तरोन्नति, बिभिन्न भवन निमार्ण, जलविद्युत आयोजनाका काम, सिचाँई निमार्णमा काम लगायत निमार्ण हुने कार्य चलिरहेको हो । 

यता अर्घाखाँची जिल्लामा कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पु¥याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् ।अर्घाखाँचीमा दैनिक काम गरेर खाने वर्गलाई निषेधाज्ञाले अझ बढी सास्ती दिएको छ ।कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञाबाट दैनिक काम गरेर खाने वर्गलाई सास्ती भएको छ ।

गत वर्ष लामो बन्दाबन्दीको मार्का झेलेका खुद्रा, साना तथा अन्य व्यवसाय एक महिनाको निषेधाज्ञाले धरासायी हुनुका साथै कसरी दैनिक गुजारा गर्ने भन्ने चिन्तामा रहेको खुद्रा व्यवसायी सन्धिखर्कका कृष्ण खनाल बताउँछन् ।सदरमुकाम सन्धिखर्क र चुत्राबेसी लगायत जिल्लाभरका मुख्य बजार र यातायात पूर्ण रुपमा बन्द  छन् ।जिल्लामा गत बैशाख २० गतेदेखि निषेधाज्ञा  जारी गरिएको  छ । भने चौथो पटक पुनः जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।   

त्यस्तै लुम्बिनी प्रदेश सम्पर्क समिती युएईको भर्चुअल मार्फत दोस्रो महाँधिवेसन सम्पन्न भएको छ । भर्चुअल मार्फत सम्पन्न महाँधिवेसनले रोल्पा जिल्ला निवासी देवराज ओलीको अध्यक्षतामा २९ सदस्य कार्यसमिति गठन गरेको छ ।  जसको उपाध्यक्षमा पाल्पाका मोहन बुढाथोकी, अर्घाखाँचीका सिर्जना केसी,गुल्मीका मीन भण्डारी र दाङका कुमार केसी चयन भएका छन् । 

त्यस्तै महाँसचिवमा रूपन्देहीका चिरन आचार्य,सचिवमा पाल्पाका मन सारू,प्युठानका जेवी  जिसी कपिलवस्तुका ईश्वर बन्जाडे,परासीका कृष्ण पराजुली,बाँकेका मोहन योगी, सहसचिवमा दाङका सुर्य केसी ,रोल्पाका शेरबहादुर डाँगी,अर्घाखाँचीका राजु जिसी ,गुल्मीका हेमा भण्डारी,अर्घाखाँचीका मुमबहादुर जिसी,कपिलवस्तुका कविराम अर्याल,अर्घाखाँचीका लेखनाथ पौडेल र दाङका जिके दङ्गाली निर्वाचित भएका छन् । कोषाध्यक्षमा रूपन्देहीका प्रेम बगल्दार, सहकोषाध्यक्षमा अर्घाखाँचीका बिष्णु पुन ,प्रवक्तामा कपिलवस्तुका गणेश पौडेल ,सहप्रवक्तामा अर्घाखाँचीका सन्जिव बेल्बासे,रोल्पाका हेमराज विश्वकर्मा,अर्घाखाँचीका अरूण बेल्बासे, रूपन्देहीका पार्बता थापा ,अर्घाखाँचीका निरू थापा,अर्घाखाँचीका रामचन्द्र पौडेल चयन भएका हुन् । त्यसै गरि महिला विभाग प्रमुखमा अर्घाखाँचीका जानुका खनाल ,

सदस्यहरुमा टोपबहादुर सारु, चन्द्र बहादुर पेङनी, शारादा अधिकारी, मान सारु, हिरा जिसि, हरि बिसि, पोमलाल पौडेल रहेका छन् ।  त्यस्तै विधानतः प्रमुख संरक्षकमा अर्घाखाँचीका चन्द्र  सारु मगर , प्रमुख सल्लाहकारमा राजु खड्का, सल्लाहकारहरुमा रामकृष्ण पुन, नरेश सेन, कमल गिरि, नरेन्द्र बेल्बासे र लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लागत समितिका अध्यक्षहरु स्वतः सल्लाहकार रहने जनाइएको छ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६