अर्थ-वाणिज्य

प्रदेश प्रमुख धर्मनाथलाई सीढीवाट ढाल्ने संडयन्त्र :छानबिनको माग



बुटवल जेठ २५ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई सीढीवाट ढाल्ने संडयन्त्र भएको छ। सरकारको नीति तथा कार्यक्रम वाचन गर्न लुम्विनी प्रदेशसभा सचिवालय पुगेका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव सिढीबाट झण्डै खसेका हुन् ।
प्रदेश प्रमुख यादवले सिढीमा ओर्लन लाग्दा मर्यादापालकले हात समाएर ओराल्न खोज्दै गर्दा यादवले टेकेको सिढी भत्केको थियो ।
भिडियोमा पहिलो पाईला राख्ना साथ उनले टेकेको सिढी भुईमा खसेको देखिन्छ । सुरक्षाकर्मी र मर्यादापालकको चलाखीका कारण दुर्घटनाबाट कुनै चोट पटक भने लाग्न पाएन ।
प्रदेशका प्रमुख जस्तो बिशिष्ठ ब्यक्तीको आगमनका बेला तयार गरिने संरचना निर्माणमा सचेतना र सावधानी भने नअपनाईएको र लार्पवाही गरेको देखिन्छ ।विपक्षी सभासदको बहिष्कार र  सिढी ढल्नुलाई संडयन्त्रको रूपमा हेरिएको छ। यसको छानबिन समिति गठन गर्नुपर्ने माग समेत भएको छ। 

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६