बुटवल, २६ जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने जिकिर गरेका छन् ।
संसद् विघटनलगायत प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिरक्षा गर्दै उनले संसदीय व्यवस्थामा सांसदहरूको स्वतन्त्र हैसियत नहुने र पार्टीको ह्वीप नाघ्न नपाइने उनले आशय प्रकट गरेका छन् ।
‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनु नै पर्ने हो’, उनले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनाक्रमबारे राय व्यक्त गरेका छन् ।








प्रतिक्रिया