कपिलवस्तु २७ जेठ । बाणगंगा स्तरिय नागरिक संजालको बैठकले कपिलवस्तु सामुदायिक अस्पतालको जग्गामा विशेषज्ञ सेवा प्रदान गर्ने गरी नयाँ अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै संजालले बाणगंगा नगरपालिकाको अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णयको स्वागत गर्दै आवश्यक सहकार्य गर्ने समेत प्रतिवद्धता जनाएकोछ । बाणगंगा स्तरिय नागरिक संजालमा सदस्यता विस्तार गर्ने संजालले जनाएको छ ।
बैठकमा पदाधिकारीको कार्य विभाजन समेत भएको संजालका सदस्य तथा कपिलवस्तु सामुदायिक अस्पतालका महासचिव पोम नारायण पौडेलले जानकारी दिनुभयो । संजालका अध्यक्ष दोलकराम घिमिरे, उपसंयोजक तेजप्रसाद आचार्य, सदस्यहरु पोमनारायण पौडेल, राजेन्द्र विक्रम शाह लगायतका पदाधिकारीको सहभागितामा बैठक सम्पन्न भएको हो ।








प्रतिक्रिया