अर्थ-वाणिज्य

मल धानको बीउमा हाहाकार , कि देऊ कि भारतवाट ल्याउन देऊ :अध्यक्ष



कपिलवस्तु २७ जेठ।मल ,धानको बीउ सिँचाईको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । अन्न भन्डारका रुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गर्नुभएको हो ।

धानको रोपाईको सिजन सूरु हुन लागकोले युरिया र डिएपी मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उहाले भनाई रहेको छ । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उहाले बताउनुभयो । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन ।

उता एक महि भन्दा लामो लकडाउनले दैनिक ज्याला मजदुरु गरी गरी पेट पाल्दै आएका मजदुरहरुलाई तत्कालै राहत उपलब्ध गराउनु पर्ने उनले माग गरेका छन । आफुले वास्तविक पीडीतहरुलाई राहत उपलबध गराउन लागी परको भन्दै संघीय, प्रदेश र  स्थानीय सरकारले पनि राहतकालागि चाडो कदम चाल्न उहाले अपील गरेका छन । 

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६