कपिलवस्तु २ असार । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागी आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । हिजो नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले बुधवार निति तथा कार्यक्रम र ९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकले प्रस्तुत हुने निति तथा कार्यक्रमलाई नगर सभामा पेश गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले प्रेसपाटीलाई बताउनु भयो ।
त्यस्तै बैठकले असार ९ गते १ बजे बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नः २ का वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता पौडेलले स्पष्ट पार्नु भयो । यस्तै कार्यपालिकाको बैठकले आर्युवेदिक औषधालय निमार्ण र ब्यवस्थापनका लागी मायादेवि रगंशाला छेउमा रहेको करिव २ बिगाह जग्गाको भोकाधिकार दिने निर्णय भएको उप प्रमुख चक्र अर्यालले बताउनु भयो । वडा नः ८ का वडा अध्यक्ष संयोजक रही काम गर्दै आएको बैदेशिक समन्वय समितिलाई पर्यटन प्रर्वद्धन बैदेशिक समन्वय समितिको रुपमा नाम परिर्वतन गरिएको छ ।
त्यस्तै बाणगंगाको वडा न ९ मा बन्न लागेको डम्पीङ साइड निमाणर््ाको कार्यलाई तिव्रता दिने निर्णय भएको मेयर मगंल प्रसाद थारुले बताउनु भयो । नगरपालिकाले कोरोना रोकधाम र नियन्त्रण, अधुरा सबै योजना पुरा गर्ने योजनाका साथ निति तथा कार्यक्रम ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले प्रेसपाटीलाई जानकारस् सदनु भयो ।
प्रतिक्रिया