अर्थ-वाणिज्य

बर्षाले घर भत्किदा एक घाइते, धेरै नदीनालामा बाढी



अर्घाखाँची  २ असार । अबिरल बर्षाका कारण घर भत्किदा गुल्मीको ईस्मा गाउँपालीका ५ रजस्थल मैदानकी जानुका परियार घाईते भएकी छन् । ईस्मा ५ का राजेश परियारको निर्माणधिन अवस्थामा रहेको घर भत्किदा उनको श्रीमती जानुकालाई पुरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाईतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।यता  रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।सडक भासिएपछि गन्तव्यमा सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।  बुटवल–नारायणगढ सडक विस्तारको क्रममा सो ठाउँको कल्भर्ट पुल भत्काएर चार लेनको पुल बनाउन डाइभर्सन बनाइएको थियो ।

‘वर्षा नरोकिएकाले आज दिनभर राजमार्ग खुल्ने संभावना छैन’ डीएसपी पाण्डेले भने । लामो दूरीका सवारी साधनहरु बुटवल–मणिग्राम–देवदह मार्ग वा बुटवल–भैरहवा–भुमही मार्ग हुँदै गन्तव्यमा जान सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।यस्तै बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । नगरप्रमुख शिवराज सुवेदीले नदीको निरिक्षण गर्दै नदी किनारका वासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका हुन् । नगरप्रमुख सुवेदीले आपतकालिन सहायता आवश्यक परेमा टोल विकास संस्था, जनप्रतिनिधि अथवा सुरक्षा निकायमा खबर गर्न पनि आग्रह गरेका छन् ।

तिनाउको जल सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्ला स्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरेका छन् । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको पनि उनले जानकारी दिए ।  

प्रकाशित : २ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६