कपिलवस्तु २ असार । कपिलवस्तुको बाणगंगा नगर यतिबेला स्वयम जनप्रतिनिधीले गरेका राम्रा कामका कारण होस वा समयको बेगले ल्याइदिएका अनेकौं उपलब्धीलाई अपनत्व ग्रहण गरेर होस लुम्विनी प्रदेशको राम्रा पालिकाहरुको अग्रसूचीमा पर्न सफल भएको छ । अरु पालिकाले गर्न नसकेका वा नगरेका काम गरेर बाणगंगा पटक पटक चर्चामा छ । त्यो चर्चा नगरले आफैले गरेका उपलब्धी र आइलागेका उपलब्धी दुबै मार्फत भएको हो । तर चुनावका बेला आफैले जनता सामु गरेका वाचाले मेयर मंगल थारु ,उपमेयर चक्रपाणी अर्याल सहितका जनप्रतिनिधी अन्तिम वजेटमा आएर चेपुवामा परेका छन् । अव हेरौ केहि तथ्यहरु ।
नगरको प्रयासले भएका उपलब्धी :
नगर स्वयमले हासिल गरेका उपलब्धीहरु प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालको ठम्याइमा यस्ता छन् ।नगर पालिकाका ३ वटा वडाको आधुनिक भवन निर्माण भएको छ । ३ वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । राजश्व संकलन,घटना दर्ता, सिफारीस जस्ता काम सफटबेयरवाट हुने गरेका छन् । कपिलवस्तु र बौद्ध शिक्षाको पाठ्यक्रम लागु भएको छ । बिद्यालय समायोजन कार्यबिधि २०७७ स्बीकृत भएको छ । पुरा ३ वर्ष समय लगाएर नगर प्रोफाईल निर्माण भएको छ । यसैगरि नगर भित्र रिङरोडको धेरै काम सम्पन्न भएको छ केहि वाँकी ठाउमा ट्रयाक खोल्ने काम जारी रहेको छ । डम्पीङ साईटको टुंगो लागेको छ । त्यहा प्रारम्भिक काम अघि बढेको छ ।
कृषि उपज संकलन केन्द्र र औद्योगिक ग्राम स्थापनाको काम अघि बढेको छ ।सकुम्बासीको लगत संकलन भई जग्गा धनि पूर्जा वितरणको लागि प्रक्रिया अघि बढेको छ । विभन्न वडामा खेल मैदान बनेका छन् । बुद्धरंगशालमा आधुनिक कभर्डहल र ओदारीमा समेत कभर्डहल निर्माण भएको छ । यी दुबैमा प्रदेशको समेत साझेदारी रहेको छ । नगरपालिका भित्र सबै सडक लगलग कालोपतरे भएको छ। सडकमा ठूलो फड्को मारेको छ। पूल कलभड आदी सबै स्थानमा बनेका छन्। बिधालय भवन र सामुदायिक भवनहरू वनेका छन। विधूतीकरन र सिँचाइमा खासै लगानी लगाउने ठाउँ छैन।
नगरपालिकामा जनशक्तिको प्रयाप्तता रहेको छ। नगरमा ७४ वडामा ३४ स्वास्थ्यमा ९० गरी करिव २०० कर्मचारी कृयासिल छन् । राजश्व संकलन अपेक्षाकृत वढी उठ्ने गरेको छ । नदीनालको ठेक्का बन्दोबस्ती हरेक वर्षमा हुदै आएको छ ।
विविध अनुकुलताले थपिएका नगरका ठूला उपलब्धी :
शुसासन तर्फ २०७७ मा राष्ट्रिकै पहिलो भएर पुरस्कार र सम्मान पाउन सफल भएको छ । उपमेयर चक्रपाणी अर्याका अनुसार यो पुरस्कार ग्रहण गर्दा गर्व महशुस भएको थियो । बेलायतको इभेण्ट फोरम अफ यू.के.ले नगरका बहुआयमिक पक्षको अनलाइन अध्ययन गरेर विश्वका ब्यवस्थापन उत्कृष्ट भएका १०० शहरको सूचीमा राखेको छ । २५० मेगावाटको मेगासौैैैैैैैैैैैैैैैर्य प्लाण्ट स्थापनाको काम लगानी वोर्ड नेपाल र चिनिया कम्पनीको सहकार्यमा अघि बढेको छ । राष्ट्रपति चुरे संरक्षण परियोजनावाट वाणगंगामा विभिन्न खण्डमा डयाम निर्माण र बनगाईमा पर्यटकीय आकर्षणका लागि आधुनिक पोखरी निर्माणको काम भएको छ ।
राजापानीमा बहुसास्कृतिक युक्त थिएटर बन्न लागेको प्रदेश सांसद विष्णु पन्थीके भनाइछ । त्यहा बुद्धको अग्लो मूर्ति सहितको मनोरम पार्क स्थापना भएको छ । कपिलधाममा महान राष्ट्रिय सपुतहरुका शालिक स्थापना भएका छन् । सृङगीघाट सिंचाई प्रणाली ,चारमौजा सिंचाई प्रणाली र वाणगंगा सिंचाई आयोजनामा ठूलो रकम भित्रिएर काम भएको छ ।
छाडा चौपायको ब्यवस्थापनकालागि काम भएको छ । पशु हाट वजार केन्द्र संचालनको काम निर्माणाधिन रहेको छ । संघिय सरकारको लगानीमा केहि हाट बजारहरु ब्यवस्थित भएका छन् । प्रदेश सरकारको लगानीमा ब्यावसायीक कृषि फर्महरुको स्थापनाले ब्यापकता पाएको छ । धनको पकेट क्षेत्र तोकिएको छ । गहुको पकेट क्षेत्र बन्दैछ । चिनको छिन्चु प्रान्तसंग भगिनी सम्वन्ध स्थापना र भ्रमण आदान प्रदान भएका छन् । जनता मावि पिपरामा सिटिईभिटीको सम्वनधनमा डिप्लोमा इन सिभिल इन्जिनियरीङ ,भेटेनरी जेटिए,बन विज्ञान ,फार्मेसी जस्ता ६ वटा प्राविधिक विषयहरु संचालनमा आएका छन् ।
पहल र नेतृत्व गर्न नसक्दा पछि परेका काम :
जिपि कोइराला पोलिक्लिनिक स्थापनाको पहल र नेतृत्व लिन नसक्नु ,अर्थमन्त्रालयले राष्ट्रका अधिकांश अस्पतालमा चालु आवमा ठूलो लगानी लगाउदा त्यसवाट बाणगंगाले कुनै हिस्सा पाउन नसक्नु ,अहिले सम्म बसपार्क बनाउन नसक्नु, रिङरोड पुरा गरेर यातायात संचालन गर्न नसक्नु , डम्पीङ साइट बनाएर फोहोरवाट मोहर निकाल्न नसक्नु ,मनकामना सामुदायिक बनसंगको सहकार्यमा जिओलोजिकल पार्क स्थापना गरेर संचालन गर्न नसक्नु, नक्सापास नगरी घर पसल वनाउने काममा कडाई गर्न नसक्नु , बसोवासको क्षेत्र ,औधोगिक क्षेत्र र कृषि क्षेत्र युक्त भूगोलको बर्गिकरण नहुनु ,नगरको मास्टर प्लान बन्नु तर आवधिक नगर विकास योजना बन्न नसक्नु आदी हुन् ।यति मात्र होइन नगरले धेरै राम्रा काम गरेको छ भन्ने कुराको प्रचार नगर वाहिर जोड तोडले हुनु नगर भित्रका जनतामा त्यसको प्रत्यक्ष असर नपर्नु आदी । यसो किन भएकोहो भनेर खोजी गरि यसवर्षको वजेटले संवोधन गर्न सक्नु पर्छ ।
आफ्नै वाचा (घोषणा पत्र) ले नराम्रो संग थिच्दै :
बाणगंगालाई सुन्दर पर्यटकीय नगर बनाउने , ब्यवस्थित बस पार्क संचालनमा ल्याउने,एक वडा एक मनोरम पार्क स्थापना गर्ने , वाणगंगा करिडोरमा डयाम निर्माण गरी नदी उकास जग्गाको उपयोग गर्ने , जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना , हरेक वडामा वाईफाई जोन स्थापना ,फोहोर प्रशोसन सहितको डम्पीङ क्षेत्र स्थापना ,पिपरा देखि कोइली सम्म ब्यवस्थित सरसफाई र झाडीको निरन्तर कटानी ,चार धामको गुरु योजना निर्माण , जीतपुर चार नम्वरमा आकासे पुल स्थापना , नगरमा विभिन्न प्राविधिक विषयको पठनपाठनको ब्यवस्था , बाणगंगालाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्ने ,नगरका सबै वडा जोडिनेगरी रिङ रोड निर्माण र नगर बस संचालन , नगर भित्र आंगिक (सरकारी ) क्याम्पस संचालन ,लगानी सम्मेलनको आयोजना मार्फत लगानीको श्रोत संकलन,भूउपयोगको नीति अनुसार जग्गाको वर्गिकरण,भूमीहिन समस्याको समाधान जस्ता चुनावी घोषणा पत्रका प्रावधानले यतीवेला जनप्रतिनिधीलाई क्रमश थिच्दै लगेका छन् । यो अन्तिम बजेटले यी र यस्तै अरु अनगिन्ती वाचाहरु कसरी पुरा गर्न सक्ला ? प्रश्न खडा भएको छ ।
जनप्रतिनिधी बीच समन्वय तर कर्मचारी बीच ?
यहाका हरेक वडाका अध्यक्ष आफैमा मेयर उपमेयर हुने हैसियत र क्षमता राख्छन् । पढाई लेखाई ,सामाजिक अनुभव र जनतासंगको सामिप्य सम्वन्धका हिसावले सन्तुलित छन् । मेयर र उपमेयर २ फरक राजनैतिक धारका भएपनि अहिले सम्म कुनै मनमुटावको घटना सार्वजनिक भएको छैन । राम्रो सहकार्य र मिलाप देखिएको छ । तर यहा प्रमुख प्रशासकीय अधिकृत भने लामो समय बस्न सकेका छैनन् । चुनाव हुने चरणमा आएका तुलसी राम मरासीनीले करिव २ वर्ष विताएर नगरको सिस्टम सुब्यवस्थित पारिदिएको वलमा नगर अहिले सम्म स्पीडका साथ हिडेको छ ।
त्यस यता ४ जना हाकीमहरु वदलिएका छन् । ती कनैपनि मुस्किलले एक वर्ष कटाएका छैनन् । यसो हुनुमा मुलत २ कारण छन् । पहिलो जनप्रतिनिधीहरु कसलाई ल्याउने र टिकाउने भन्नेमा पूर्व तयारी गर्ने गरेको पाइदैन । दोश्रो धेरै जसो स्थानीय भूगोलका क्षमतावान कर्मचारी छन् । उनीहरु र जनप्रतिनिधी बीच पहिले देखिकै मजवुत सम्वन्ध छ हाकीम भएर आएकाले सिस्टमवाट चल्नु पर्छ । त्यो सिस्टम के हो भने यहाका धेरै जसो निर्णय फाट प्रमुखवाट हुन्छन् । हाकीमले केवल सदर गर्ने र चेकमा हस्ताक्षर मात्र गर्ने हो । यहा यस्तै परिपाटी वसेको छ हाकीमले स्वविबेश र तजविजवाट काम गर्ने गुन्जायस देखा पर्दैन ।
फलस्वरुप केहि हाकीमहरु आफ्नो टिकट आफै काट्ने गरेका छन् । ती मध्ये केहिले मातहतका कर्मचारीको नसुहाउदो सिण्डीकटेर सहन नसकेर हिडेको समेत दावि गरेका छन् । जेहोस एउटा कार्यलय प्रमुख प्रचलित कर्मचारी ब्यवस्थापनको नीति अनुरुप कम्तीमा २ वर्ष सम्म टिक्ने परिपाटी सस्थागत भएको भए अझ फड्को हान्न वाणगंगा सफल हुने थियो होला ।
छोटो समयमा फड्को हान्ने वा हात खडा गर्ने ?
बाणगंगा नगरका जनप्रतिनिधीले आफैले घोषणा पत्र बनाएर चुनाव लडेर पाँच वर्ष काम गर्न पाएका छन् । उनीहरुले अव चुनावमा बोलेका कुरा जति सकिन्छ पुरा गर्नै पर्छ । पुरा गर्न नसकेका वाचाको सूची सार्वजनिक गरेर स्वयेत पत्र जारी गर्न पर्छ । अपिल मार्फत मतदातासंग क्षमा याचना गर्नु पर्छ । जनप्रतिनिधी सामु छोटो समयमा ठूलो फड्को हान्ने अवसर समेत उपलब्ध छ । यो अवसर लिन अवको बजेटमा पुरा हुन नसेका वाचाहरु पुरा गर्ने जमर्काे गर्नु पर्छ । जनताको मन छुने कार्यक्रम के हुन सक्छन ? स्थानीय तहहरुले गंभिरता साथ जनताको मन छुने कार्यक्रमको खोजी गर्न र लागु गर्नु पर्छ । के हुन सक्छन् विशेष छलफल गर्नु पर्छ । यसपछिको समाचारमा त्यस्ता एकसाएक कार्यक्रमको जानकारी प्रस्तुत गरिनेछ ।








प्रतिक्रिया