कपिलवस्तु ४ असार। नेपाल स्काउट लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाका पालिका संयोजकहरुको बैठक महत्वपूर्ण निर्णयका साथ सप्पन्न भएको छ । बैठकले ७०औं नेपाल स्काउटको स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ९को पर्यटकिय स्थल जगदीशपुर तालमा सरसफाइ गर्ने कार्यक्रम तय गरेको छ ।
यस्तै नेपाल स्काउट लुम्बिनी प्रदेश कपिलवस्तु पालिका संयोजक सहितको बैठक साउन २ गते बस्ने र सामाजिक क्षेत्रमा विभिन्न स्थान मा खटिनुपर्ने संयोजक र सदस्यहरूलाई कोभिड १९ विरुद्धको खोप नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउटमा माग गर्ने निर्णय गरेको छ ।
स्काउटले बिगतका दिनदेखी नै बिपत्तिमा परेकाहरुको उद्दार लगायत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । कोभिडले विश्वलाई नै आक्रान्त पारेको बेला नेपाल पनि अछुतो रहन नसकेको समयमा विभिन्न सूचना, चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
नेपाल स्काउट आफैंमा अनुशाशीत संस्था रहेकोले यसले गर्ने कार्यहरु समाजका लागि उल्लेखनीय रहदै आएका छन् ।बैठक नेपाल जिल्ला स्काउट संयोजक भगवती न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश समिती सदस्य सन्दीप आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने सम्पुर्ण पालिका संयोजकको उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा हुने कार्यक्रममा स्थानीय, समाजसेवी, बुद्धिजीवी, सङ संस्थाका पदाधिकारी अधिकारकर्मी सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया