अर्थ-वाणिज्य

फैसलाले एमालेको एकताको अपरिहार्यता :योगेश



काठमाडौं ८ असार। कामचलाउ केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो चरणमा नियुक्त गरेका मन्त्रीहरुका बारेमा अदालतले गरेको निर्णयलाई नेताहरुले आ–आफ्नै अर्थ लगाउन थालेका छन् ।

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पनि अदालतको निर्णयप्रति एक ट्वीट गरेका छन् । मंगलवार ट्वीट गर्दै उनले अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लागेको बताएका हुन् ।

उनले भनेका छन्, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो ।’ उनले अगाडि नेपाली उखान जोड्दै भनेका छन्, ‘भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।’

प्रकाशित : ८ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६