कपिलवस्तु ९ जेठ । बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले केहिदिन अघि आएको वाढीले क्षेतीग्रष्त वनाएको बनगाईको कजवे वनाउन टेण्डर भई सकेको वताउनु भएको छ । उहाले सार्वजनिक सुनुवाइमा उठेका नागरिक जिज्ञासा र प्रतिकृयाको संबोधन गर्दै यस्तो वताउनु भएको हो । उहाले भन्नु भयो बाणगंगाले सस्तो लोकप्रियता कमाउने काम कम गरेको छ।
तर योजनावद्ध विकास निर्माण, सेवा सुविधाको समय सापेक्ष सुधार ,जनरिचालन र सामुदायिक शशक्तिकरण , शुासान र पारदर्शीताको सवाल र मतदातको विश्वास प्रतिको सधैव जवाफदेहिता वाणगंगाका उदाहरण हुन उहाले भन्नु भयो ।अर्यालले नगर भित्र छाडा पशुचौपायको व्यवस्थापन जटिल बन्दै गईरहेको बताउनुभयो । छाडा पशुचौपायको व्यवस्थापन लागि ८ करोडको लागतमा मधुवनधाममा गौशाला निमार्णका लागि डिपिआर तयार गरि निमार्ण कार्य अगाडी बढेको बताउनुभयो ।
वडा नं. ७ मा आजोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । त्यस्तै नगरमा सिंचाईको लागि प्रदेश सरकारबाट आगामी बर्षका लागि ७ करोड बजेट आएको उहाले जानकारी दिनु भयो । त्यस्तै बनगाई कजवे पुल निमार्णका लागि पनि बजेट विनियोज भई टेण्डर समेत आह्वान भईसकेको उपप्रमख अर्याले प्रष्टाउनु भयो ।
वडा अध्यक्ष विष्णु गिरको अध्यक्षतामा सम्पन्न भएको सर्वाजनिक सुनुवाई कार्यक्रममा वडाबासीले जिज्ञासा गुनाुा तथा सुझावहरु व्यक्त गरेका थिए । कार्यक्रममामा वडा अध्यक्ष विष्णु गीरीले वडाबासीका गुनासालाई सम्बोधन गर्दै वडाको विकासमा सधै वडाबासीको अपेक्षा अनुसार नै अगाडी बढ्ने बताउनुभएको थियो । यो वडा कपिलवस्तुका सबै पालिकाका वडा भन्दा भिन्दै र विशिष्ट छ भन्ने पहिचान दिने गरी काम गरेको दावि गर्नु भयो ।
सरसफाई ,सेवा प्रवाह ,सुशासन , पारदर्शीता , र जवाफदेहितामा वडा नं ७ प्रतिस्पर्धा भन्दा माथि रहेको उहाको भनाइ थियो । कार्यक्रमको सहजिकरण रेडियो बुद्धआवाजका समाचार प्रमुख ओम प्रकाश पौडेलले गर्नुभएको थियो । वडा कार्यालयको सहयोग तथा बुद्धआवाज टेलिभिजनको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।








प्रतिक्रिया