अर्थ-वाणिज्य

कृष्णनगरको विकास प्रदेशको श्रोत बृद्धिको आधार :मन्त्री पाण्डे



कपिलबस्तु ९  असार । देशकै मुख्य मध्येको एक भन्सार नाका रहेको कृष्णनगरको विकास प्रदेशको श्रोत बृद्धिको आधार भएको भौतिक योजना तथा पूर्वाधार विकास  मन्त्री सन्तोष पाण्डेले वताउनु भएको छ । उहाले कृष्णनगर क्षेत्रको विकासकालागि सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । मन्त्री पाण्डेले कृष्णनगर नगरपालिका वडा नं. १ मा पर्ने शिवानगर छितौनी जोड्ने पुलको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो ।

आउने दिनमा सामग्र लुम्बिनी प्रदेशलाई पर्यटकिय क्षेत्रको रुपमा पहिचान गराउने उहाले भनाछ  । पुलको उद्घाटन गर्दे मन्त्री पाण्डेले शिवानगर छितौनी जोड्ने सडकको निर्माण छिटै सम्पन्न हुने उहाको भनाई रहेको छ । तपाई हरुको रकम सरकारसंगै रहेकोले तपाईहरुको रकम व्याज सहित फिर्ता गर्ने छां मन्त्री पाण्डेले  भन्नु भयो  । उक्त सडक बनाउन मन्त्री पाण्डेले प्रतिबद्धता समेत गर्नु भएको छ ।

कृष्णनगरमा सिचाईको लागि पनि बजेट विनियोजन गरिएको उहाले जानकारी दिनु भयो  । सिचाईको लागि मर्चवारका साथै कृष्णनगर पनि मेरो पहिलो प्राथमिकता रहेको छ मन्त्री पाण्डेले भन्नुभयो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पानी परेपछि छितौनी बासीलाई धेरै समस्या भोग्नु परेको बताउनुभयो । 

विकासको काममा सडक पुलको आहम भुमिका रहेको नगर प्रमुख शाहले तर्क गर्नु भयो । उक्त पुल नगरपालिकाको ३ करोड लगातमा निर्माण गरिएको उहाले बताउनुभयो । कार्यक्रममा सामाजसेवि शैलेश प्रताप शाह, प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्की, बडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६