अर्थ-वाणिज्य

बुटवल डुबानमा घोराही-तुलसीपुर आवागमन ठप्प



रुपन्देही १२ असार ।भारी वर्षाका कारण बुटवलको मुख्य शहरक्षेत्रको राजमार्ग  डुबेको छ। नालीको पानीको निकास सानो भएका कारण सडक भरिएपछि यातायात प्रभावित भएका छन्। मिलनचोकदेखि कालिकानगरसम्मको राजमार्ग र सर्भिस लेन सडककै पानी भरिएर डुबान भएको हो ।  बाढी पसेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो।

गोलपार्कदेखि राजमार्ग चौराहासम्म एकाएक भारी वर्षा भएपछि सडक क्षेत्रको पानी सडकमै भरिएको थियो ।  कालिकानगरतर्फबाट आएका र पार्क गरेर राखेका गाडी पानीमा डुबेका छन् ।  यो क्षेत्रको नालीको निकास उपयुक्त नहुँदा वर्षेनी डुबान हुनेगरेपनि सडक डिभिजन, बुटवल उपमहानगरपालिकाले चासो देखाउँदैनन् । यस्तै  नियमित बर्षाले गर्दा खोलाहरुमा पानीको बहाब बढेपछि दाङको घोराही–तुलसीपुर आवतजावत ठप्प रहेको छ ।

सोही सडक खण्डका पत्रेखोला, सेवार खोला र हापुर खोलामा पानीको बहाब बढेपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । स्थानीयका अनुसार पत्रेखोलामा यस बर्षकै सबै भन्दा बढि पानीको बहाब बढेको छ ।शनिबार दिउसोदेखि साना तथा ठूला कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । यी खोलाहरुमा पुल नुहँदा आवातजावतमा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनले नदी तथा खोलामा पानीको बहाब बढेकाले सचेत रहन आग्रह समेत गरेका छन् ।

प्रकाशित : १२ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६