कपिलवस्तु १३ असार । देशमा कतिवटा सरकार बने ? कति पर्यटन मन्त्री नियुक्त भए ? कसैले तिलौराकोटलाई उचित महत्व दिन सकेनन् । अझ भन्ने हो भने तिलौराकोटलाई वास्तविक रुपमा चिनेनन् । तर भर्खरै संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक महत्वलाई अन्तरहृदयवाट चिनेको अनूभति दिलाएकाछन् । त्यो पनि कार्यभार सम्हालेको पहिलो दिनको पहिलो निर्णय नै तिलौराकोटको पुरातात्वीक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने औपचारीक मार्गदर्शन गरेर ।
आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने गरी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।सोहीकारण उनले आइतबार पदबहाली गरेका हुन् । सो क्रममा उनले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी प्रारम्भिक काम अगाडि बढाउन समेत विभागलाई निर्देशन दिए । नेपालको विकासको मूख्य स्तम्भ पर्यटन भएको भन्दै उनले पर्यटन प्रवर्द्धनमा जोड दिए ।
नेपाल वायुसेवा निगमको घाटा कम गरी जनतामा विश्वास प्राप्ति हुने गरि काम गर्न निर्देशन दिए ।युरोपेली यूनियनको कालोसूचिबाट नेपाललाई हटाउन ठोस कार्ययोजनासहित काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए । उनले मन्त्रालयका विद्यमान समस्या समाधान गर्न समेत कार्ययोजना बनाउन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया