अर्थ-वाणिज्य

कार्यपालिका सदस्य माथि करणीको आरोप



दाङ १६-असार। दाङको राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य भक्तबहादुर बिक र स्थानीय कमल विकलाई करणीको आरोप लागेको छ । गएको जेठ अन्तिम साता उनीहरुमाथि एक महिलाले करणीको आरोप लगाएपछि अनुसन्धानका लागि खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए ।

तर, स्थानीयका अनुसार जेठ २३ गते जग्गाको आँठाको विषयलाई लिएर भएको विवादले उत्कर्ष रुप लिएपछि फसाउनका लागि प्रपन्च रचिएको बताएका छन् । जग्गाको आठामा राखेको दुबोको विषयलाई लिएर स्थानीय कमल विक र ति महिलाबीच विवाद भएको थियो । विवाद भएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेको रोहबरमा त्यो विवादलाई मिलाईएको थियो ।

तर, त्यो विवाद मिलाईसकेपछि पनि ति महिलाले गढवा प्रहरीमा उजुरी दिएको उनका आफन्ती बाबुराम बिकले प्रतिक्रिया दिए । उनका अनुसार ति महिलाले ईप्रका गढवामा करणीको मुद्दा दर्ता गरेपछि आफूहरुले सत्य तथ्य छानविन गरि पाउँ साथै झुठा उजुरी गर्ने र दर्ता गर्ने उपर कारवाही गरि पाउँ भनि निवदेन जिल्ला प्रहरी कार्यालय दाङमा गएपनि मुद्दा दर्ता नगरेको गुनासो पनि गरे ।

यो विषयमा सञ्चार माध्याममा प्रकाशित समाचारको खण्डन गर्दै नेपाली काँग्रेसले विज्ञप्ति नै जारी गरेको छ । यो घटनालाई स्थानीयले राजनीतिकरण भएको बताएका छन् ।

प्रकाशित : १६ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६