अर्थ-वाणिज्य

५ करोड हिनामिनाको आरोपमा पालिका अध्यक्ष सहित २० जना विरुद्ध पक्राउ पुर्जी



दाङ १६-असार। देउखुरी स्थित एक सहकारीको रकम हिनामिना गरेको आरोपमा अदालतले मंगलबार २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सहकारीको ५ करोड बढी रकम हिनामिनाको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यीनको नाममा जरी भयो पक्रा पुर्जी :
१.नुमानन्द सुवेदी : महाप्रभु बचत तथा ऋण सहकारीका पूर्व लेखा समिति संयोजक
२. किरण भण्डारी : महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष
३. रुकमाङ्गत ज्ञवाली : पूर्वध्यक्ष
४. रामबहादुर कुवर : पूर्वउपाध्यक्ष
५. कृष्णप्रसाद उपाध्यय पौडेल : पूर्व उपाध्यक्ष
६. हिमानन्द पाण्डे : पूर्व सचिव
७. हरिप्रसाद भुसाल :पूर्व सचिव
८. माधव शर्मा : पूर्व सह-सचिव
९.रामकृष्ण पौडेल : पूर्व कोषाध्यक्ष
१०. गुरुप्रसाद सुवेदी : पूर्व व्यवस्थापक
११. केशवराज आचार्य : सदस्य
१२.कमला पौडेल : सदस्य
१३. धर्मराज अधिकारी : सदस्य
१४. शारदा भुसाल : सदस्य
१५.कमला बेल्वासे : सदस्य
१६. बिष्णुबहादुर थापा : लेखा तथा सुपरिवेक्षण समितीका पूर्व संयोजक
१७. तुलसीराम पोख्रेल : लेखा तथा सुपरिवेक्षण समितीका पूर्व सदस्य
१८. युवराज भुषाल : लेखा तथा सुपरिवेक्षण समितीका पूर्व सदस्य
१९. गोबिन्दप्रसाद भण्डारी : लेखा परीक्षक
२०. गंगाबहादुर केसी : लेखापरीक्षक
अदालतले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश जारी गरेको बताए । ३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टागिने उनले बताए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो । उक्त सहकारी राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेको छ

प्रकाशित : १६ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६