अर्थ-वाणिज्य

बुद्धभुमी : ३ करोड बढी स्थानीय लगानीमा घोराही पुल



कपिलवस्तु १७ असार। कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले एकल लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ । वडा नम्बर १० स्थित घोराही नालामा लोहरौला– अलीनगर गाउ जाडने पुल बनाइएको हो । बहुबर्षे आयोजना अन्तर्गत २ बर्ष लगाएर ३ करोड ३३ लाख लागतको पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । २०.५ मिटर लामो र ७.२०मिटर चौडा पुल निर्माण गरिएको ईन्जीनीयर  निकिता त्रिपाठीले बताईन । 

पालिकाको बहुबर्षे आयोजना अन्तर्गत यो आयोजना दोश्रो ठुुलो रहेको उनले बताईन । बुद्धभुमीमा रिङ रोड बनाउने पालिकाको सबै भन्दा ठुलो आयोजना हो । पुलको उदघाटन गर्दै मेयर केशव कुमार श्रेष्ठले सदरमुकाम तौलिहवासंग जोडनकालागि पुल निर्माण गरिएको बताए । ‘ अब आफनो पालिका र तौलिहवामा आउजाउ गर्न निकै सजिलो भएको छ उनले भने । 

तरकारी उत्पादन गर्ने वडाकारुपमा रहेको पुर्व धनकौली गाबिस भित्र निर्माण गरिएको यो पुलले कृषकहरु धेरै लाभान्वित हुने श्रेष्ठको तर्क छ  । प्रमुख प्रशाकीय अधिकृत अनिल पौडेलले पालिकाको आफनै लगानीमा बनाइएको यो पुलले राम्रो सन्देश गएको दावि गरे । ‘ पालिकाले टोले सडक मात्र बनाउने भन्ने गरिन्थ्यो तर यो पुल निर्माणले नगरपालिकाले ठुलो काममा नि हात हाल्छ  भन्ने सन्देश गएको छ उनले भने  । 

वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेयले पुल निर्माणले तरकारीको पकेट क्षेत्र रहेको धनकौलीमा आर्थिक कारोवार बढने बताए । ‘ सदरमुकाम र पालिका बिच दुरी घटाएको छ कृषकmलाई धेरै नै फाईदा हुन्छ । यस अघि यहा पुल नहुदा काठे पुलमा जोखिमपुर्ण यात्रा गर्न गाउलेहरु बाध्य थिए उनले भने  । बिद्यार्थीहरुलाई पनि आउजाउ गर्न सजिलो भएको छ । मेयर केशव कुमार श्रेष्ठको अध्यक्षता, राजन कुमार  पोखरेलको  संचालनमा भएको उदघाटन समारोहमा वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, ईन्जीनीयर निकिता त्रिपाठी लगायतले मन्तब्य दिएका थिए । पुल संझौता अनुसार नै तोकिएको सयममा निर्माण भएको हो । 

प्रकाशित : १७ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६