अर्थ-वाणिज्य

उद्योगी -ब्यापारीलाई दवाव नदिन बित्तिय सस्थालाई संगठनको चेतावनी



कपिलवस्तु २४ असार  । वित्तिय सस्थाको दवाव थेग्न ब्यावसायीलाई  मुस्किल पर्दै गएको भन्दै राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले वित्तिय सस्थालाई संयमित हुन आग्रह गरेको छ । संगठनले कोरोना महामारीको बिषयम परिस्थितीबाट ब्यवसायहरुलाई बिस्थापित हुनबाट बचाउन बैंक तथा बित्तिय संस्था र तिन तहका सरकारहरुले आवश्यक सहयोग गर्नुपर्ने नेपाल अपिल गरेको छ । बिहीबार एक बिज्ञप्ती निकाल्दै कपिलवस्तु शाखाले यस्तो जटिल परिस्थितीमा बैंक तथा बित्तिय संस्था र प्रशासनबाट अनावश्यक दबाब सिर्जना गरिएको भन्ने सुन्नमा आएको भन्दै आफ्नो गम्भिर ध्यान आकृष्ट भएको जनाएको छ ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुका अध्यक्ष हुमानाथ पौडेल र महासचिब खिमानन्द पौडेल कपिलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको हामी बिना दबाब र प्रभाब ब्यवसायिक बातावरण सिर्जना गर्न सम्बन्धित सबैलाई आआफ्नो तर्फबाट सहयोगको अपेक्षा सहित अनुरोध गर्न चाहान्छौ छ । यस्तै बिज्ञप्ती मार्फत सम्पूर्ण ब्यवसायिहरुलाई स्वास्थका मापदण्डको पालना गरेर मात्र ब्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ ।

प्रकाशित : २४ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६