कपिलवस्तु २६ असार । बुद्धभुमी नगरपालिकाले गाई भैंसी पालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण गरेको छ । बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले ६ जना किसानलाई एक लाख चौबिस हजार रुपैयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ । नगरपालिकाले सुचना प्रकाशित गरि प्रस्तावना माग गरे अनुसार प्रती लिटर २ रुपैयाका दरले दूध डेरिले दिएको रिपोर्टका आधारमा सो रकम बितरण गरिएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो । नगरपालिकाले आ.व.०७७÷०७८का लागि चार लाख बिनियोजन गरेको थियो ।
यसैविचे वडा न ४ को कुमाल टोलमा कुमाल समुदायको आर्थिक अवस्था सुधारका लागि कुखुरा खोर र सुधारिएको चुलो बितरण गरेको छ । मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत समुदायका २० घर परिवारलाई बितरण गरिएको हो । प्रत्येक घर ९ वटा कुखुरा , १ खोर र १ थान सुधारिएको चुलो बितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ । ५ लाखको कुल लागतमा उक्त बितरण कार्य गरिएको हो । समुदायको आर्थिक अवस्था सुधार गर्न बितरण गरिएको नगर प्रमुख केशव श्रेष्ठले बताउनु भयो । यो समुदाय अन्य समुदाय भन्दा बन्चितिकरणमा परेको समुदाय भएकोले उनिहरुलाइ हरेक बर्ष विभिन्न कार्यक्रम मार्फत सहयोग गरिएको उहाँले बताउनु भयो ।
प्रतिक्रिया