अर्थ-वाणिज्य

सादा पोसाकमा अपराधको धन्दा भेटिएपछि ३ जना निलम्बित



दाङ ३०असार। मोटरसाईकल चोरी र लागुपदार्थ कारोबारमा संलग्न रहेका दाङका तीन प्रहरीलाई निलम्बित गरिएको छ । सादा पोशाकमा खटिने इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विकलाई मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा निलम्बन गरिएको प्रहरी स्रोतले बताएको छ ।

त्यस्तै लागु औषध कारोवारमा संलग्न रहेको आरोपमा अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुनलाई पक्राउ गरिएको हो । उनीहरुलाई एक हप्ता अघि नै पक्राउ गरिएको हो । उनीहरुका विषयमा अदालतमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको थुनामा राखिएको छ ।

यो घटनाले जिल्लामा हुने अपराधिक क्रियाकलामा प्रहरीको संलग्नता हुने गरेको पुष्टि भएको छ । यसरी आँचरण विपरितका कार्यले समग्र प्रहरी संगठनलाई नै बदनामित बनाएको भन्दै सत्यतथ्य छानविन भइरहेको प्रहरी अधिकारीको भनाई छ ।

प्रकाशित : ३० असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६