प्यूठान २ साउन । समयमै नगर सभा हुने वजेट विनियोजन हुने तर कार्यान्वयन समयमा नहुने समस्या समाधान गर्न प्यूठान जिल्लाको एक नगरपालिकाले नयाँ जुक्ति निकालेको छ । जसका आधारमा नगरसभावाट पारित सम्पूर्ण योजनाको कार्यान्वय समयमा गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गरिएकोछ ।
समयमै वजेट कार्यान्वय गर्न गराउन र उल्लेख्य नतिजा हासिल गर्न त्यहाका मेयरले प्रमुख प्रशासकीय अधिकृत संग कार्य सम्पदान संझौता समेत गरेका छन् । त्यस्तो संझौता गर्ने नगर हो प्यूठान नगरपालिका । प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीलाई एकल कार्यान्वयको अख्तियारी सहित कार्यसंपादन संझौता गर्नु भएको हो ।
अव उक्त कार्यक्रमहरु समयमै सम्पन्न भएमा प्रमुख प्रशासकीय अधिकृत पुरस्कृत हुने छन् भने कार्यान्वयन हुन नसके दण्डीत गरिने मेयर कक्षपतिको भनाई छ । कार्य सम्पादन संझौता हुने चलन नौलो नभएपनि वजेट तथा नीति कार्यान्वयको एकल अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक वर्षको प्रारम्भमै हस्तान्तरण गरेर एकल जवाफदेही वनाउने काम भने नौलो भएको वताइन्छ ।
प्रतिक्रिया