काठमाडौँ, ३ साउनर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नैतिकताको सवाल उठाउदै सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
आफू एमालेवाट निर्वाचित भएर पार्टी निर्णय विरुद्ध जान नसक्ने तर नेपाल समूहले जसरी पनि विश्वासको मत दिने निर्णयका बीच संसद पद त्यागेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।
प्रतिक्रिया