अर्थ-वाणिज्य

बिजयनगरको नयाँ पहिचान : पशुपालनमा प्रादेशीक नमुना स्रोतकेन्द्र



कपिलवस्तु ४ साउन विजय नगर गाउँपालिकाले १ वर्षको अवधिमा ११ किलो मिटर सडक पक्कि बनाएको छ । पालिकाका विभिन्न स्थानमा प्रदेशको समेत सहयोगमा पिच गरिएको हो । पिच भए सँगै धुलाम्मे सडक चिल्ला भएका छन । धुलाम्मे सडकमा यात्रा गर्दा कठिनाई भोगेका नागरिकलाई सडक पिच भए सँगै सहज भएको छ । यस्तै पालिका भित्र १सय १० मिटर सडकको स्तर उन्नती तथा ग्राबेल गरिएको छ । १५ सय मिटर पक्कि नाली निमार्ण भएको छ । पालिकाले आर्थिक वर्षमा ३ वर्षे कार्यक्रम अन्तरगत भैसी स्रोत विकास केन्द्र स्थापना गरिएको छ । 

पालिका ,प्रदेश सरकार र स्थानिय समुदायको साझेदारीमा यो आर्थिक वर्षको ३ करोडको काम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश भरिकै स्रोत केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले स्रोत केन्द्र स्थापना गरिएको हो । केन्द्रमा उन्नत जातका भैसी उत्पादन , दुधजन्य पदार्थको उत्पादन गरिने छ। हाल केन्द्रमा ७ सय भैसी रहेका छन । प्रदेश स्तरकै उन्नत जातका भैसी , उत्पादन विक्री बितरण स्रोत केन्द्र स्थापना  स्थापना  गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्राईले बताउनु भयो । “कृषि पेशा गर्नेहरुका लागि स्रोत केन्द्र फलदायी बन्ने अपेक्षा गरिएको छ , प्रमुख प्रशासकिय अधिकृत भट्राईले बताउनु भयो । ”

पालिकाले ४ वडामा भौतिक सम्रचना बनाउन काम शुरु गरेको छ । ४ वटै वडा कार्यालयमा २ कोठे भवन बनाउन थालिएको हो ।  लकडाउनका कारण केहि ढिलाई भए पनि चालु आर्थिक वर्षमा समयमै सकिने पालिकाले जनाएको छ । त्यस्तै पालिकाले शुद्धपानी पिउनका लागि ८ लाख बढि नल बितरण गरेको छ । नागरिकलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्य अनुरुप पानी तान्ने नल बितरण गरिएको हो ।  पालिका भित्र रहेका  ३ वटा आधारभुत स्वास्थ्य सेवा इकाई भवन निमार्ण सम्पन्न गरि सोहि भवनबाट सेवा  सुचारु गरिएको छ । आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्दा सहज भएको छ।

 पालिकाले शिक्षा तर्फ ४ वटा भवन निमार्ण भएको छ , बाँकी २ कोठे भवन निमार्ण प्रक्रियामा रहेको छ ।  त्यस्तै गरि कृषि अन्तरगत कृषकहरुलाई विभिन्न जातका विरुवा बितरण गरेको पालिकाले जनाएको छ । कृषि व्यवसाय गर्ने किसानहरुलाई कृषि औजार बितरण गरेको छ । कृषि औजारले किसानलाई आधुनिक प्रविधिबाट खेती सहज भएको छ । पालिका भित्र बाख्रा , कुखुरा , बंगुर , धान , तरकारीको पकेट क्षेत्र बनाइएको छ । त्यस्तै गरि प्रधानमन्त्री रोजगार कार्यक्रम , मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत करिब २ सय जनाले रोजगारी पाएका छा । त्यस्तै गरि कोभिड विशेष कृषि कार्यक्रम अन्तरगत  व्यवसायिक किसानहरुलाई अनुदान दिइएको छ । 

पशुपालन , बाख्रापालन , किराना पसल लगायत व्यवसायिहरुलाई कोभिड विशेष कार्यक्रम अन्तरगत अनुदान दिइएको हो ।  आर्थिक वर्षको ६३ करोड बजेटमा ९० प्रतिशत बजेट खर्च भएको छ । करिब २ प्रतिशत योजना फ्रिरीज भएको छ ।  स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा।वि।सहरु मिलि बनेको गाउँपालिका हो ।  २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन् । 

प्रकाशित : ४ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६