प्रदेश

कपिलवस्तु कांग्रेसको आसन्न अधिबेशन :सभापतिको चर्चामा ४,मुख्य प्रतिस्पर्धामा २



कपिलवस्तु १० साउन । कांग्रेस महाधिबेशन देखि तल्लो तहका अधिबेशनको माहोल नजिकीदै जाँदा कपिलवस्तुमा जिल्ला सभापतिकालागि ४ जनाको चर्चा रहेको भएपनि अन्तत्वगोत्वा २ पूर्व सभापति बीच मै यसपालीको प्रतिस्पर्धी  हुने संकेत देखिएको छ।खासगरी पूर्व सभापति भईसकेका राजेश आचार्य शेर वहादुर देउवाको पक्षवाट र पूर्व सभापति सुधाकर पाण्डे रामचन्द पौडेलको  तर्फवाट अन्तिम प्रतिस्पर्धामा भिड्ने स्थिती आएको कांग्रेसकाएक  जिल्ला नेताले वताए। 

यस अघि देखि अहिले सम्म चर्चाम रहेका अब्दुल कलाम खाँ र केशव श्रेष्ठ जिल्ला सभापति भन्दा मेयरमा पुन दोहोरीने मानसिकता र स्वयम जिल्ला सभापति सुरेन्द्र राज आचार्यले पनि सुधाकरलाई अघि सार्दा सबै हिसावले राम्रो हुने विष्लेषण गरेपछि यस्तो  अवस्था आएको ती नेताको भनाइछ । जसका आधारमा भन्दा कांग्रेस कपिलवस्तुमा २ बीच प्रतिस्पर्धा हुने भएको हो । त्यसो त कांग्रेस विभाजित हुँदा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसका जिल्ला सभापति सुधाकर पाण्डे  र  शेरवहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को जिल्ला सभापति राजेश आचार्य बनेका थिए। 

यतिबेला देउवा सस्थापन हुदा आचार्य नै सस्थापन पक्षका उम्मेदवार हुने भएका हुन् । पहिले गिरीजा निकटका पाण्डे यतिबेला रामचन्द्र खेमाको हुने स्थितीमा खडा भएका छन् । मूलत पार्टीका वर्तमान जिल्ला सभापति सुरेन्द्र राज आचार्य संग सामिप्यता राख्ने पाण्डे गैर सस्थापन पक्षका उम्मेदवार भएपनि कमजोर भने छैनन्  ।  

विगतमा कांग्रेस र प्रजातान्त्रीक कांग्रेसबीच  एकता भएपछि जिल्ला अधिवेशनमा पनि पाण्डे र आचार्य उमेद्वार भए ।  तर दुबै जना नेतृत्वमा आउन सकेनन्। २०६७ सालमा भएको १२ औं महाधिवेसन अन्तर्गतको जिल्ला अधिवेसनमा सुधाकर पाण्डे र राजेश आचार्यसँगै हालका सभापति सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा हुदा सेकेण्ड राउण्डमा आचार्यले वाजी मारे । प्राप्त विवरण अनुसार  पहिलो चरणको प्रतिस्पर्धामा आचार्यले  सबैभन्दा बढी मत ल्याए । तर बहुमत ल्याउन सकेनन्। बहुमत नआएपछि दोस्रो पटकको मतदानमा राजेश र सुरेन्द्रबीच मात्र प्रतिस्पर्धा भयो । मैदानबाट बाहिरिएका सुधाकरले समर्थन गरेपछि सुरेन्द्रराज आचार्य जिल्ला सभापति भए।

 अघिल्लो १३ औं महाधिवेशन अन्तर्गतको अधिबेशनमा  पनि सुरेन्द्र जिल्ला सभापति निर्वाचित भएका थिए। अहिले सुधारकले लगाएको विगतको गुन क्षेतीपूर्तिका साथ तिर्ने पक्षमा सुरेन्द्र रहेको श्रोतको दाविछ । त्यही भएर सस्थापन इतरका सुधाकर पाण्डे ,अब्दुल कलाम खाँ र केशव श्रेष्ठ अलग अलग लडेमा राजेश आचार्यले स्वत वाजी मार्ने देखेपछि सुरेन्द्रले सस्थापन इतरवाट एकमात्र उम्मेदवार सुधाकर हुने चाजोपाजो मिलाई रहेको वताइएको छ । 

लगातार २ कार्यकाल सभापति भएपछि सुरेन्द्रराज आचार्यलाई अब दोहोरिन विधानले नदिने भएपछि उनी गुन तिर्ने दाउमा लागेका हुन् । दुबैले जिल्लामा पार्टीलाई बलियो बनाउन आफू उमेद्वार बन्ने दावि गरेका छन् ।  जिल्ला सभापतिका आकांक्षी पाण्डेले  भने  मलाई ‘जिल्लामा पार्टीका सबै पक्षको साथ समर्थन रहन्छ । यता जिल्ला सभापतिका अर्का आकाक्षी राजेश आचार्यले  लामो समय जिल्ला समितिमा क्रियाशिल र एक पटक सभापति भएको अनुभवले अब पनि राम्रै नेतृत्व गर्न सक्छु जस्तो लाग्छ भन्ने प्रतिकृया दिए ।’ 

कपिलबस्तुमा  कांग्रेस केन्द्रिय नेता दिपकुमार उपाध्याय ,केन्द्रिय सदस्य अतहर कमाल मुशलमान र अभिशेकप्रताप शाह त्यसैगरी  लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कानोडियाको प्रभाव पर्ने जिल्ला हो ।कांग्रेसमा आफ्नो समुहका केहि जिल्ला नेता सहित आएका मानार्थ केन्द्रिय सदस्य राजेश सिंहको समेत सभापति वनाउन केहि प्रभाव पर्ने देखिन्छ । 

संयोग नै मान्नु पर्ला यतिबेला दिपकुमार उपाध्याय ,अत्तहर कमाल र अभिशेष प्रताप शाह आ —आफ्नै पकडका साथमा रहेपनि  नेता राजेश आचार्यका पक्षमा खडा हुने स्थिती केन्द्रिय समिरणले बनेको छ । एकातिर पार्टीका वर्तमान सभापति अर्काेतिर केन्द्रिय नेताहरु रहने कांग्रेसको केन्द्रिय समिकरणको प्रभाव देखिनुले यसपाली राजेश आचार्य प्रतिस्पर्धामा बलियो देखिएका छन् । 

यति हुदा हुदैपनि खासगरी  मधेसी पृष्ठभूमीवाट कांग्रेसको राजनीति गर्ने धेरै कार्यकर्ता अधिबेशनमा प्रतिनिधी बनेर आउने र वर्तमान सभापति सहित कांग्रेसवाट निर्वाचित विभिन्न पालिकाका मेयर समेत सुरेन्द्रकै पक्षमा देखिएकाले सुधाकर पाण्डे समेत बलिया प्रतिस्पर्धी देखिएका छन् । अधिबेशनवाट सभापतिमा कसले वाजी मार्छ अहिले नै भन्न सकिने स्थिती नरहेको कांग्रेस केन्द्रिय जनसंपर्क विभागका सदस्य एवम कपिलवस्तुका नेता डोलक राम घिमिरे वताउछन् । 

प्रकाशित : १० श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६