अर्थ-वाणिज्य

कृष्णनगर भन्सारवाट हुने आयात हरेक बर्ष निरन्तर बृद्धि



कपिलवस्तु ११ साउन । कपिलवस्तुको कृष्णनगर भन्सारबाट बर्षेनी आयत बढदै गएको छ । गत आर्थिक बर्ष सो भन्सारबाट २४ अर्व ५० करोड ८६ लाख को सामान आयत भएको छ । भन्सार प्रमुख जर्नादन पौडेल अनुसार भारतबाट नेपालमा निर्यात निरन्तर बढढै गएको हो । आयतको तुलनामा निर्यात भने निकै कम हुने गरेको छ । सो भन्सार हुदै भारत तर्फ ३३ करोड २२ लाख १३ हजारको नेपाली सामान निर्यात भएको छ । आयात मध्ये सबै भन्दा बढी ३ अर्व ५४ करोड ६३ लाखको चामल नेपाल भित्रिएको छ । 

यस्तै एम एस बिलेट ३ अर्व ६ करोड, अन्य सिमेनटको कच्चा पदार्थ १ अर्व ६५ करोड, जिप्सन ९९ करोड २१ लाख निर्यात भएको छ । यसैगरी सिसिको बोतल ५४ करोड ५८ लाख, क्लिङकर ४६ करोड ६ लाख, भेनियर ४० करोड २३ लाख पत्थरकोईला ३२ करोड ९४ लाख, जौ १५  करोड सुर्तीैजन्य पदार्थ ४ करोड २८७ लाख आयत भएको प्रमुख पौडेलले बताए । 

यस्तै १७ करोड ६९ लाख ९५ हजार खोटो, ४ करोड ५१ लाखको तारपीन तेल, १ करोड ८१ लाखको ईसेन्सीयल आयतल, जडीबुटी ३ करोड ९६ लाख ४३ हजार, जडीबुटी तेल ४ करोड १९ लाखको भारत तर्फ निर्यात भएको छ । आयात भएका सामानहरुमा ब्क्तिहरुले भारतीय बजारबाट किनेर झोलामा ल्याएका सामानहरुको मूल्य समाबेश नभएको पौडेलले बताए । यो समेत जाडने हो भने आयातको रकम झनै बढनेछ । 

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६