अर्थ-वाणिज्य

कपिलवस्तुमा जोनसन एण्ड जोनसन खोप लगाउने तालिका



कपिलवस्तु १२ साउन । कपिलवस्तुमा यहीँ साउन १३ र १४ गते जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको आइतबार बसेको बैठकले साउन १३ र १४ गते २ दिन उक्त खोप लगाउने निणर्य गरेको हो ।

जिल्ला कोभिड १९ खोप समन्वय समितिको निणर्यानुसार ५०-५४ वर्ष उमेर समूहका व्यक्तिहरु, अपांगता परिचयपत्र भएका व्यक्तिहरु (क र ख), विदेश जानु पर्ने व्यक्तिहरु र यस अघि प्राथमिकतामा परेर खोप नपाएका व्यक्तिहरुको लागि प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट खोप सेवा प्रदान गरिने जनाइएको छ ।

जिल्लाका यशोधरा गाउँपालिका, शुद्दोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा १० गते देखि १४ गतेसम्म नियमित खोप कार्यक्रम चल्ने भएकोले उक्त पालिकाहरुमा जोनसन खोप साउन १५ र १६ गते लगाईने पनि बताइएको छ ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६