रुपन्देही १६ साउन । एमालेका नेता शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकार विश्वासको मत ल्याउन असफल भएमा नयाँ सरकार गठन गर्दा मुख्य मन्त्री आधाआधा कार्यकाल वाडेर चलाउने सहमति माओवादी र कांग्रेस नेतृत्व विच भएको खुलाशा भएको छ । सरकार वनेमा पहिलो कार्यकाल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसीले सरकारको नेतृत्व गर्नेछन । विपक्षी गठवन्धनले एकमतका साथ पुर्व मन्त्री समेत रहेका केसीलाई अगाडी बढेको छ । उनको नेतृत्वमा को को मन्त्री वन्ने भन्ने चर्चा अहिले चल्न शुरु भएको हो ।
यद्यपी उनी प्रदेश सभाको पूरा समय मुख्यमन्त्री हुने छैनन् । अहिले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाएर सरकार निर्माण गरेपनि आधा समय बितेपछि काग्रेसका विरेन्द्रकुमार कनौडियाले मुख्यमन्त्री बन्ने दुई दलबीच सम्झौता भएको नेताहरु बताउँछन् । गठवन्धनमा आवद्ध दलहरु विच सरकार बन्ने सुनिश्चित नहुदै मन्त्री बन्न चाहना राख्नेहरुले आफ्नो दल र दलका केन्द्रिय नेतृत्व समक्ष लविङ्ग शुरु गरेका छन । नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएकाले माओवादीका सांसदहरुले बढि मन्त्रालय दावी गर्ने मनीस्थतीमा छैन ।
स्रोेतका अनुसार माओवादी केन्द्रमा मन्त्री वन्ने आकंक्षीहरुको संख्या भने कम छैन । मन्त्री बन्ने आंकाक्षीमा तुलाराम घर्ति, सुदर्शन वराल, इन्द्रजित थारु, कृष्णा केसी, दामा कुमारी शर्मा, तेजबहादुर वली, दिपेश चौधरी लगायत रहेका छन ।
नेकपाबाट चुनाव लडेर निर्वाचित विमला कुमारी खत्री पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी छन । उनलाई मन्त्री वनाउनु पर्छ भन्ने चर्चा माओवादी केन्द्रमा चलेको छ ।लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले सांसद भएपछि मन्त्रीको चर्चा चल्नु स्वभाविक भएपनि अहिले औपचारिक रुपमा मन्त्रालय वाँडफाँड र पात्रको विषयमा कुनै छलफल नभएको बताए । उनले भने – मुख्य कुरा वर्तमान सरकार विस्थापनको कुरा हो हाम्रो दलमा त्यस्तो कुनै छलफल भएको छैन , आकाक्षा त १९ जना सांसदको नै छ नी ।
नेपाली कांग्रेसका विरेन्द्रकुमार कनौडिया, बीरबहादुर राना, डिल्लीबहादुर चौधरी, अष्टभुजा पाठक, निर्मला क्षेत्री, फकरुद्धिन खान, बैजनाथ कलवार, रमा अर्याल लगायतका प्रदेश सभा सदस्यहरु आंकाक्षी देखिएको स्रोतको भनाई छ ।जसपाका सहसराम यादव, पुर्मती ढेगा, सुमन शर्मा रायमाझी मध्ये आकाक्षा सबैको भएपनि प्राथमिकता महिलालाई दिने सम्भावना देखिएको छ । यो प्रदेशमा राष्ट्यि जनमोर्चा सरकारमा सामेल भए तारा जिसी निर्विकल्प मन्त्री वन्नेछिन । लुम्बिनी प्रदेशमा ११ वटा सम्म मन्त्रालय बनाउन सकिन्छ । चार दलको संयुक्त गठवन्धनमा दलिय प्रतिनिधित्वको आधारमा मन्त्रालयको वाँडफाँड गर्ने अनौपचारिक सहमती भएको नेताहरु बताउँछन् ।
जो जति दौडमा भएपनि नेपाली काग्रेसका मन्त्रीहरु रुपन्देहीका गृहमन्त्री बालकृष्ण खाँडले, माओवादी केन्द्रको मन्त्रीहरु रोल्पाका बर्षमान पुनले र जसपाका मन्त्रीहरु उपेन्द्र यादवले खल्तीबाट पठाउनेछन् । मन्त्री पदका लागि प्रदेश सभा सदस्यहरु प्रदेशमा मात्र होइन केन्द्रमा समेत पहुँच पुर्याउन लविङ शुरु गरेका छन् । मन्त्री बन्ने आंकाक्षीहरु धेरै देखिएको हुँदा मन्त्रीमण्डल गठनपछि उक्त गठबन्धनमा असुन्तीको चाङ बढेर जाने देखिएको छ ।








प्रतिक्रिया