अर्थ-वाणिज्य

प्रचण्ड कम्यूनिष्टमा अवसरवाद र अस्थिरताको अनुपम उदाहरण : पोखरेल



अर्घाखाँची १८ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्यूनिष्ट आन्दोलनको अवसरवाद र  अस्थिरताको अनुपम उदाहरण भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलल वताउनु भएको छ । उहाले अवसरवाद ,अस्थिरता र  महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएकोे बताउनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनीतिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।

बुटवलमा सोमबार ‘जिउँदा जीवराज’ नामक वृत्त चित्र सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन÷चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने बताउनु भयो । उहाले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गर्नु भयो । प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भएको र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लागेको उहाको भनाइ छ।

अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको र अहिलेको अवस्थामा दिवंगत नेता जीवराज आश्रितको अभाव झनै खड्किएको उहाले प्रष्टाउनु भयो । 

प्रकाशित : १८ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६