अर्थ-वाणिज्य

समाजवादी शैलीमा शुद्धोधन गाउपालिकाका काम



कपिलवस्तु २२ साउन । शुद्धोधन गाउँपालिका कपिलवस्तुले अन्य पालिकाले भन्दा फरक काम गर्दै गएको विवरण प्राप्त भएकोछ ।  पालिकाले कुनै वाद वा सिद्धान्त अंगालेर होइन तर उसले गरेका कामले समाजवादी अवधारणाको संकेत गर्न थालेका छन् । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानपूर्वक वाच्ने जस्ता आधारभूत अधिकारको वहाली काम स्थानीय सरकारले गरेर समाजवादी शैलीको आभाष दिलाउन खोजेको छ । 

स्वतन्त्र लडेर केहि महिना अघि जसपा प्रबेश गरेका निशार अहमद खाँले जनकल्याणका काम गर्ने सोचले यस्ता काम गरेको वताउनु हुन्छ । पालिकाले जनताको स्वास्थ्यलाई मध्यनजर राख्दै  पालिका भित्र मुटु , क्यान्सर , किड्नी फेल भएका जो कोहीलाई पनि प्रति व्यक्ति ३० हजारका दरले ५ सय बढि बिरामीलाई आर्थिक सहयोग गरेको छ । साथै  अचानक मृत्यु हुने व्यक्तिका परिवारलाई ३० हजारका दरले ८५ जनालाई आर्थिक सहयोग पुर्याएको छ । 

नागरिकको सहज उपचारका लागि १० सैयाको  अस्पताल   निमार्ण गर्ने काम शुरु भएको छ ।   सबै वडामा एम्बुलेन्स राख्ने गरी खरिदको काम आंशिक रुपमा भएको छ । जस अनुरुप ४ वटा एम्बुलेन्स आइसकेको र थप दुई वटा पनि छिट्टै ल्याउने पालिकाका अध्यक्ष निसार अहमद खाँले बताउनु भयो । गर्भवती र सुत्केरी महिलाका लागि एम्बुलेन्सको भाडा निःशुल्क हुने छ । अन्य नागरिकका लागि भाडा ५० प्रतिशत छुट हुने छ । 

“जनतालाई नयाँ खालको अनुभुती हुने गरि पालिकाले काम गरेको छ , अध्यक्ष खाँले भन्नु भयो । ”  पालिका भित्र रहेका फरक क्षमता भएका १० जनालाई हिडडुलमा सहजता होस भन्दै स्कुटर र ६ जनालाई हिृल चियर प्रदान गरिएको छ । जसले गर्दा फरक क्षमता भएका व्यक्तिहरुलाई हिडडुलमा सजिलो भएको छ । पालिकाको ६ नं वडामा गौशालाको काम अगाडि बढेको छ । 

पालिकाले ६ करोडको लागतमा बेथी नदीमा ११ मिटर चौडाई र २८ मिटर लम्बाई रहेको पक्कि पुल बनाएको छ । पुल बने सँगै पालिकाका वडा नं १ , २ ,६का जनतालाई आवतजावतमा सजिलो भएको छ । शिक्षा तर्फ पनि  पालिकाले नयाँ रेकर्ड राखेको अध्यक्ष खाँको भनाई छ ।  नेरा मावि औरैयामा प्राविधिक शिक्षाको पढाई भएको छ । सिभिल इन्जिनियर र अमिन विषयको पढाईमा संचालन गरेर    उत्कृष्टता स्थान हासिल गरेको छ । अध्ययनरत ४८ जना विद्यार्थी सत प्रतिशत उर्तिण हुन सफल भएकोमा मुलुककै नमुना विद्यालय बन्न सफल भएको छ । 

विद्यालय नमुना बनेपछि संघबाट १ करोड ६८ लाख बजेट समेत आएको पालिकाले जनाएको छ । ४ वर्ष अघि मावि विद्यालय २ र पलस टु   एक मात्र भएकोमा हाल यसको संख्या बढेको छ । २४ विद्यालय रहेको पालिकामा मावि विद्यालयको संख्या बढाईएको छ । निमाबि सबैलाई मावि बनाइएको छ । पालिका भित्र रहेका अल्पसंख्यक नटुवा समुदायका वालवालिकालाई अध्ययनमा आकर्षित गर्न एक जनालाई  ५ सयका दरले छात्रवृत्ति दिने गरिएको उपप्रमुख सुधादेवि पाण्डेको भनाइ छ । छात्रवृत्तिले गर्दा नटुवा समुदायका  ५९ जना वालवालिका विद्यालय आउन थालेकाछन 

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६