दाङ २४ साउन । पछिल्लो समय दाङ देउखुरी क्षेत्रमा पटक पटक विद्युत जाने समस्याले उपभोक्ताले हैरानी खेप्नु परेको छ । उच्च गर्मीको समयमा विद्युत दिउशो राती जतिबेला पनि झयाप्प झयाप्प विद्युतु जाँदा ज्यादै समस्या भउको उपभोक्ताको गुनासो छ । लमही नगरपालिका वडा नम्बर १ कौरीया निवासी विबेक केसीले राती सुतिरहेको समयमा विद्याुत जाँदा आफुहरु गर्मीले उकुस मुकुस हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेको यो समय अत्याधिक गर्मी हुने समय हो ,पङ्खा चलाएर केही राहत मिल्ला भन्यो, लाइन गएरै हैरान हुन्छ,यो समस्या छिटो हल हुन आवश्यक छ ।
पटक पटक लाइन जाने समस्याले उद्योग कलकारखाना समेत प्रभावित हुने गरेका छन् । कोरोना कहरको विचमा थलिएका उद्योगहरु अहिले संचालनमा आएपनि विद्युत् अनियमित हुँदा थप समस्या भोग्नु परेको गुनासो व्यवसायीहरको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्र खनालले पछिल्लो समय विद्युत्मा देखिएको अनियमिताले उद्योग कलकारखाना नराम्रोसंग प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, व्यापारी साथिहरुको ज्यादै गुनासो आउन थालेको छ, लाइनको निश्चीत नभएको जस्तो पटक पटक कटौती हुन थालेपछि उद्योग संचालन गर्नै समस्या भएको छ ।
दाङको देउखुरी क्षेत्रमा करीव सबैजसो क्षेत्रमा विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका अनुसार विद्युत पुग्न बाँकी स्थानमा लाइन विस्तार भइरहेको छ । केही समय भित्र देउखुरीका सबै क्षेत्रमा बत्ती वोल्ने छ । देउखुरी क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गरी सामुदायिक विद्युतीकरण समेत लागु भएको छ । साविकको चैलाही,लालमटीया, बेला र गढवा क्षेत्रमा सामुदायिक विद्युतीकरण लागु भएको हो । दिप ज्योती बिद्युत उत्पादन तथा वितरण प्रा.लि. लमहीका व्यवस्थापक बासु गौतमका अनुसार सामुदायिक विधुतीकरण लागु भएको क्षेत्रमा छिटो मर्मत गरी लाइन सुचारु गर्ने गरिएको छ । उहाँले भन्नुभयो, हामीहरुलाई सूचना आउँदासाथ तुरन्त समस्या हल गर्ने तर्फ लागन्े गरेका छौ, हाम्रो तर्फबाट नहुने समस्यालाई प्राधिकरणमा भन्छौ ।
यता नेपाल विद्युत प्राधिकरणले भने विद्युतको लाइन्मा देखापर्ने प्राविधिक समस्या मात्रै भएको र कटौती वा आंशिक लोडसेडिङ केही नभएको बताउँछ । प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख पुष्पराज मल्लले बर्षाको समयमा चट्टाङ,हावापानीका कारण पनि समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, समुदाय स्तरबाट पनि सहयोग आवश्यक छ, आफ्नो वरपरका विरुवा काट्दा असहयोग गर्ने काम गर्नुहुदैन ।
विद्युत प्राधिकरणका अनुसार विद्युतको स्टेशनको दुरी टाढा हुँदा समेत समस्या भएको छ । देउखुरी क्षेत्रमा करीव एक सय ४७ किलोमिटरको दुरीमा एउटा मात्रै स्टेशन रहेकाले ठाउँ ठाउँमा सव स्टेशन राख्न आवश्यक देखिन्छ । प्राधिकरण देउखुरीको गढवा र भालुवाङ क्षेत्रमा शब स्टेशन राखेर विद्याुत बितरण गर्ने योजना वनाएपनि जग्गा उपलव्ध नहुँदा काम गर्न सकिएको छैन । लमही वितरण केन्द्रका प्रमुख मल्लका अनुसार बढीमा २० किलोमिटरको फरकमा शब स्टेशन राख्नुपर्ने भएपनि देउखुरी क्षेत्रभरी एउटा मात्रै स्टेशनले जताततै धान्न समेत अप्ठेरो परेको छ ।
प्रतिक्रिया