अर्थ-वाणिज्य

कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त



काठमाडौं २७ साउन । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापन रहेको स्रोतको भनाइ छ ।

मंगलबार नै घिसिङलाई नियुक्ति पत्र दिई पदस्थापन गर्ने तयारी गरिए पनि व्यवहारिक कठिनाइले पूरा नभएको बताइएको छ ।

उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद पेश गरेको प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको स्रोतको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ । कार्यकारी निर्देशकले पाउने सेवा सुविधान नै दिने गरी शाक्यलाई सरुवा गरिएको बताइएको छ ।

घिसिङलाई बुधबार नियुक्तिपत्र दिई पदभार गराउने कार्यक्रम तय भएको विद्युत प्राधिकरण स्रोतले बताएकोछ ।

प्रकाशित : २७ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६