काठमाडौ ३० साउन। सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । उनले भने अहिले यो सरकार माधव नेपालको अडानका कारणले टिकेको विश्लेषण गरे ।माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् ।‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन । सरकारको गणितबारे चर्चा गर्दै प्रचण्डले अगाडि भने, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा छौँ ।
३० श्रावण २०७८, शनिबार
प्रतिक्रिया