तौलिहवा ३२ साउन ।मौसममा आएको परिवर्तनसंगै गर्मि बढ्दै जांदा कपिलवस्तुका सरकारी तथा निजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको भीड बढेको हो । केहिदिन अघि सम्म दैनिक सरदर ६० देखी ८० जना विरामी आउने जिल्ला अस्पताल तौलीहवामा गर्मी बढेसंगै ओपिडी, इमरजेन्सी, भर्ना भएका गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ ।
यस्तै अवस्था बहादुरगंज अस्पताल , पिपरा अस्पताल ,हरनामपुर स्वास्थ्य चौकी ,पकडी स्वास्थ्य चौकी र कपिलवस्तु सामुदायिक अस्पतालमा पनि रहेको वताइन्छ । अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् । उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेका छन् ।
कोरोना माहामारीका विच गर्मीका कारणबाट हुनसक्ने थप रोगको संक्रमणबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया