काठमाडौं १ भदौ। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो। एमालेले १४ सांसदमाथि गरेको कारवाहीको पत्र संसद सचिवालयलाई जानकारी गराइसकेको छ । कारवाहीमा परेका सांसदहरू यी हुन्: १. माधव नेपाल २. जीवनराम श्रेष्ठ ३. मुकुन्द न्यौपाने ४. रामकुमारी झाँक्री ५. कल्याणी खड्का ६. लक्ष्मीकुमारी चौधरी७. निरादेवी जैरु८. पुष्पाकुमारी कर्ण९. सरला यादव१०. कलिला खातुन११. विरोध खतिवडा१२. कृष्णलाल महर्जन१३. भवानी खापुङ१४. मेटमणी चौधरी यता नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ। सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले बताए। शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिईन्।शाहीले आफुलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएकी थिईन्।
१ भाद्र २०७८, मंगलबार
प्रतिक्रिया